अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जनापक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जनापक्राउ

काठमाडौं, २६ फागुन

कञ्चनपुर, बेलौरी नगरपालिका-४ शान्तिपुरबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४१ ग्राम ८१ मिलिग्राम सहित सोही नगरपालिका-४ र ६ बस्ने ३ जना किशोरहरूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले से.७ प ८५५१ नम्बरको स्कुटमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाबाट अवैध लागूऔषध खैरो हरोन जस्तो देखिने पदार्थ ११ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपलिका-११ बस्ने २७ र्षीय विशाल गुरसुनसरी इटहरी उपहानगरपालिका-८ बस्ने १९ र्ीय आर्यन राजधामी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगर समेतबाट खटिएको प्रहरीले भारबाट नेपालतर्फ पैदल आदै गरेक विशाललाई ८ ग्राम ४ सय ८० मिलिग्राम र आर्यनलाई २ ग्राम ८ सय ३० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी ोरङ, रतुवामागरपालिका-४ आमबारी त्रिभुबन चबाट अवैध लागूऔषध खैरो हरोन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय सुरज ताजपुरिया, २६ वर्षीय बिक्रम चौधरी र २६ वर्षीयअशोक गुर रहेका छन् । लाका प्रहरी कार्यालय सिजुवाबाटखटिएको प्रहरीले शनिश्चरेबाट लारीकट्टातर्फ जादै गरेको प्र.१-०१-०१७ प २८७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो

रूपनदेही, सिद्धार्थनगर गरपालिका-८ बैंककोलोनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थकरिब सय ५ ग्राम सहित जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तु मायादेवी गाउँपालिका-३ बस्ने २४ वर्षीय विवेक पाण्डे, २३ वर्षीय स्वतन्त्र उपाध्याय१५ वर्षीय किशोर रहेका छन् । लागऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय पन्देहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)