प्रथम आइजिपि स्कुल लेवल नेश्‍नल तेक्वान्डो च्याम्पियनसिप शुरू

प्रथम आइजिपि स्कुल लेवल नेश्‍नल तेक्वान्डो च्याम्पियनसिप शुरू

काठमाडौं, १६ फागुन  

​नेपाल पुलिस स्कुल सामाखुसीको आयोजनामासंचालन हुने प्रथम आइजिपि स्कुल लेवल नेश्‍नल तेक्वान्डो च्याम्पियनसिप-२०८१ शुक्रबारबाट शुरू भएको छ ।

​शनिबार सम्पन्न हुने उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल सामाखुसी, नेपाल पुलिस स्कुल काभ्रे, नेपाल पुलिस स्कुल धरान, सशस्त्र प्रहरी स्कुल कीर्तिपुर लगायत ४७ वटा विद्यालय/डोजाङका करिब ६ सय जना तेक्वान्डोखेलाडीहरूको सहभागीता रहेको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षप्रहरी नायव महानिरीक्षक ध्रुव राज राउत, विद्यालयका प्राचार्य राम प्रसाद भुसाल, विभिन्न विद्यालयका खेलाडीहरू, शिक्षकहरू लगायतको उपस्थिति रहेको थियो ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)