आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, १४ फागुन  

लितपुर, महालक्ष्मी नगरपालिका-माडोलस्थित सोही गरपालिका-४ घर भएका अर्पिल खत्रीको आर.. पेन्ट्सपसलमा विद्युत सर्ट भई मंगलबार साँझ आगलागी हुँदा करिब ७५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै उक्त आगलागी फैलिएर सोही ठाउँ बस्ने धनुषा घर भएका दिपेन्द्र शाहको नमो मनोकामना डेन्टल क्लिनिकमा समेत आगलागी हुँदा करिब ४० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

इलाम, इलाम नगरपालिका-४ जस्बिरेस्थित विश्वास सुब्बाको जस्बिरे टि फ्याक्ट्रीमा मंगलबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् ।

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-४ दोगहरास्थित श्रीराम बानियाको एमके पेपर प्लेट उद्योगको भवनको दोस्रो तलाबाट विद्युत सर्ट भई मंगलबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् ।

दोलखा, बिगु गाउँपालिका-८ थामीचागु बस्ने मान बहादुर थामीको घरमा मंगलबार राति विद्युत सर्ट भई आगलागी हुँदा घर पूर्णरपमा जलेर नष्ट भएको छ ।

रूकुम पश्चिम, मुसिकोट नगरपालिका-१४ चाखलडाँडा बस्ने रद्र बिष्टको घरमा विद्युत सर्ट भई बुधबार बिहानआगलागी हुँदा करिब १२ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगालागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻 श्रोत
प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)