अवैध लागूऔषध सहित तीन जना पक्राउ

अवैध लागूऔषध सहित तीन जना पक्राउ

काठमाडौं, १३ फागुन  

बारा, तपुरसिमरा उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १ किलो ७ सय ५० ग्राम सहित मकवानपुर कैलाश गाउँपालिका-६ पकनी बस्ने २१ वर्षीय रबिन्द्र मोक्तानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले हेटौडाबाट वीरगंतर्फ जादै गरेको बा.६३ प ८२६२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, दमक नगरपालिका-६ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याबलेट स्पासपेन १ सय २० ट्याब्लेट सहित पाथर मिक्लाजुङ गाउँपालिका-५ रबि बस्ने २६ वर्षीय विशाल भुजेललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको  लाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

तनहु, आँबुखैरेनी गाउँपालिका- बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ट्याब्लेट सहित लमजुङ मर्स्याङदीगाउँपालिका- भुलभुले बस्ने ३० वर्षीय श्याम कुमार तामाङलाईमंगलबार बिहान प्रहरीले पक्राउ गरेको छअस्थायी प्रहरी पोष्‍टमुग्लिन पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट लमजुङतर्फआउँदै गरेको बा. १४३९ नम्बरको माइक्रो बसमा सवारउनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻 श्रोत
प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)