तनहुँको आँबुखैरेनीमा बस र स्कुटर ठोक्कियो: गोरखाका २८ वर्षीय युवक भूपेश घिमिरेको मृत्यु

तनहुँको आँबुखैरेनीमा बस र स्कुटर ठोक्कियो: गोरखाका २८ वर्षीय युवक भूपेश घिमिरेको मृत्यु

तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साखरस्थित सडकमा आइतबार दिउँसो भएको भयानक सवारी दुर्घटनामा परी एक जना युवकको अकालमै ज्यान गएको छ।

मुग्लिन-पोखरा सडकखण्डअन्तर्गत साखरमा ध.१ ख ४६५ नम्बरको बस र प्र.३-०३-००२ प १२७१ नम्बरको स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा स्कुटर चालक गोरखा नगरपालिका-१ बस्ने २८ वर्षीय भूपेश घिमिरे गम्भीर घाइते भएका थिए।

दुर्घटनालगत्तै उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज (सिएमसी) लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र त्यसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।