राजधानीको व्यापारिक मुटु वसुन्धरामा तीज विशेष ‘टण्डन सारी शोरुम’ : रु. १,००० देखि आकर्षक सारीमा विशेष अफर
केशव टण्डनको नेतृत्वमा सञ्चालनमा आएको शोरुममा तीजका लागि सुपथ मूल्यमा आकर्षक सारीको विशेष बिक्री
काठमाडौं । नेपाली महिलाहरूको विशेष पर्व हरितालिका तीज नजिकिँदै गर्दा राजधानी काठमाडौंको वसुन्धरामा महिलाहरूलाई लक्षित गर्दै ‘टण्डन सारी शोरुम’ सञ्चालनमा आएको छ। केशव टण्डनको नेतृत्वमा सञ्चालनमा आएको शोरुमले तीजलाई लक्षित गर्दै विभिन्न डिजाइन र मूल्यका आकर्षक सारीमा विशेष बिक्री तथा अफर ल्याएको छ।
करिब दुई दशक लामो समयदेखि बुटवललाई आफ्नो व्यवसायिक क्षेत्र बनाउँदै आउनुभएका टण्डनले अहिले काठमाडौंको वसुन्धरामा, ग्रीन सिटी अस्पतालसंगै आफ्नो व्यवसाय विस्तार गर्नुभएको हो। तीजको अवसरमा आम महिला दिदीबहिनी, आमा तथा साथीहरूलाई लक्षित गरी रु. १,००० देखि नै आकर्षक सारीहरू उपलब्ध गराइएको उहाँले बताउनुभयो।
टण्डन भन्नुहुन्छ, “महिला दिदीबहिनी तथा आमाहरूको सन्तुष्टि नै मेरो सबैभन्दा ठूलो खुसी हो। त्यसैले सबै वर्गका ग्राहकलाई सहज हुने गरी सुपथ मूल्यमा गुणस्तरीय र आकर्षक सारी उपलब्ध गराउने हाम्रो प्रयास हो।”
तीजमा महिलाहरूको सारीप्रतिको विशेष आकर्षणलाई ध्यानमा राख्दै शोरुममा रु. १,००० देखि विभिन्न मूल्यका सारीमा विशेष तीज अफरसञ्चालन भइरहेको छ। आफ्नो बजेटअनुसार आकर्षक सारी रोज्न सकिने भएकाले ग्राहकका लागि यो तीजमा किनमेलको राम्रो अवसर बन्ने अपेक्षा गरिएको छ।
“दिदीबहिनी, आमा तथा साथीहरू सबै आउनुहोस्, रु. १,००० को सारीदेखि आफ्नो रोजाइको सारी लिएर यसपालिको तीजमा छमछम नाच्नुहोस्,” टण्डनको आग्रह छ।
टण्डन सारी शोरुममा आउने प्रत्येक ग्राहकले आफ्नो रोजाइ र बजेटअनुसार सारी छनोट गर्न सक्ने बताइएको छ। ग्राहकहरू सुरुमा एक्लै आएर सारी खरिद गरेपछि पछि साथी तथा परिवारका सदस्यहरूसँगै आएर धेरैवटा सारी खरिद गर्ने क्रम बढेको टण्डन बताउनुहुन्छ।
उहाँका अनुसार कतिपय ग्राहकले एकैपटक ५ देखि ७ वटासम्म सारी खरिद गर्ने गरेका छन्। ग्राहकको बढ्दो विश्वास र सन्तुष्टिले व्यवसायलाई थप उत्साहित बनाएको उहाँको भनाइ छ।
काठमाडौंको आसन तथा इन्द्रचोक–न्युरोड क्षेत्रलाई थोक तथा खुद्रा कपडाको प्रमुख बजारका रूपमा लिइने भए पनि तीजको समयमा माग बढेसँगै सारीको मूल्यमा समेत फरक पर्न सक्ने भएकाले ग्राहकलाई सहज र सुपथ मूल्यमा सारी उपलब्ध गराउने उद्देश्यले वसुन्धरामै शोरुम सञ्चालन गरिएको टण्डन बताउनुहुन्छ।
आफ्नै ‘टण्डन सारी’ ब्रान्डमार्फत ग्राहकसम्म प्रत्यक्ष पुग्ने प्रयास गरिएको उहाँको भनाइ छ। यसले ग्राहकलाई आफ्नो बजेटअनुसार सारी रोज्न र तीजको किनमेललाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
वसुन्धरा तथा आसपासका महिला दिदीबहिनी, आमा, साथी तथा परिवारलाई लक्षित गर्दै टण्डनले तीज विशेष बिक्रीमा सहभागी हुन शोरुममै आउन आग्रह गर्नुभएको छ।
उहाँ भन्नुहुन्छ, “हाम्रोमा आउनुभएका ग्राहकले सुरुमा एक्लै आएर हेर्नुहुन्छ, पछि साथी र परिवारसँगै आउनुहुन्छ र मन परेको सारी धेरैवटा लिएर जानुहुन्छ। ग्राहकको यही खुसी र सन्तुष्टि हाम्रो व्यवसायको सबैभन्दा ठूलो प्रेरणा हो।”
तीजमा रातो सारी, हरियो सारीदेखि विभिन्न डिजाइन, रंग र शैलीका सारी लगाएर उत्सव मनाउने नेपाली महिलाको परम्परालाई लक्षित गर्दै सुपथ मूल्यमा आकर्षक सारी उपलब्ध गराउने टण्डन सारी शोरुमको अभियानले महिलाको तीज किनमेललाई थप रमाइलो र सहज बनाउने विश्वास गरिएको छ।
यसपालिको तीजमा आफ्नो आमा, दिदीबहिनी, साथी र श्रीमतीका लागि सारीको उपहार रोजौँ—वसुन्धरा पुगौँ, टण्डन सारी शोरुममा आफ्नो रोजाइको सारी सुपथ मूल्यमा खरिद गरौँ।



प्रतिकृया दिनुहोस्