आजको राशिफल: २०८३ वैशाख ३ गते, बिहीबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज रचनात्मक काममा मन जानेछ। रोकिएका अधुरा कामहरू बिस्तारै सुल्झिनेछन्। वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा सफलता मिल्नेछ। बोलीको प्रभाव बढ्ने हुनाले सामाजिक मान-प्रतिष्ठामा वृद्धि हुने देखिन्छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
स्वास्थ्यमा केही उतारचढाव आउन सक्छ, खानपानमा सजग रहनुहोला। आर्थिक लेनदेनमा विवाद बढ्ने सम्भावना रहेकाले सावधानी अपनाउनु राम्रो हुन्छ। पारिवारिक कलहबाट टाढै रहनु बुद्धिमानी हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
व्यापार र व्यवसायमा सोचेभन्दा राम्रो लाभ मिल्नेछ। लामो समयदेखि भेट नभएका मित्रहरूसँगको संवादले मन प्रसन्न तुल्याउनेछ। नयाँ कार्यको थालनी गर्नका लागि आजको दिन शुभ रहनेछ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
प्रतिस्पर्धीहरू परास्त हुनेछन्। साहस र धैर्यताले कठिन कार्य पनि सफल पार्न सकिनेछ। नोकरी वा पेशामा पदोन्नतिको योग छ। शत्रुमाथि विजय प्राप्त हुने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टी, टु, टे)
अध्ययन-अध्यापनमा रुचि जाग्नेछ। बौद्धिक क्षमताको कदर हुनेछ। सन्तान पक्षबाट सुखद समाचार सुन्न पाइनेछ। आज गरिएको लगानीले दीर्घकालीन फाइदा पुर्याउन सक्छ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
आज मनमा केही अशान्ति महसुस हुन सक्छ। घरजग्गाको कारोबारमा विशेष सावधानी अपनाउनुहोला। मातापिताको स्वास्थ्यलाई लिएर चिन्ता बढ्न सक्छ। धैर्यतापूर्वक काम गर्ने समय छ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
पराक्रम र उत्साह बढ्नेछ। छोटो दूरीको फलदायी यात्रा हुन सक्छ। दाजुभाइ वा सहकर्मीबाट सहयोग मिल्नेछ। सामाजिक कार्यमा सक्रियता बढ्नुका साथै प्रशंसकहरू थपिनेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक लाभको योग छ। धन सञ्चय गर्ने अवसर मिल्नेछ। सभा-समारोहमा सहभागी हुने अवसर जुट्नुका साथै मिष्ठान्न भोजन प्राप्त हुनेछ। व्यापारमा नयाँ सम्झौता हुन सक्छ।
धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
दिन उत्साहजनक रहनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। उपहार वा सम्मान प्राप्त हुने योग छ। रोकिएका पारिवारिक योजनाहरू अगाडि बढ्नेछन्। मनोरञ्जनमा समय व्यतित हुनेछ।
मकर (भो, जा, जी, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गी)
खर्चमा नियन्त्रण नहुन सक्छ, अनावश्यक काममा धन खर्च हुनेछ। वैदेशिक यात्राको प्रयास गर्दै हुनुहुन्छ भने केही बाधा आउन सक्छ। आँखा वा खुट्टामा समस्या देखिन सक्छ, सचेत रहनुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आयआर्जनका स्रोतहरू बढ्नेछन्। इच्छित मनोकामना पूरा हुने समय छ। कृषि तथा पशुपालन क्षेत्रबाट राम्रो आम्दानी हुने देखिन्छ। मित्रजनको सहयोगले जटिल कार्य सम्पन्न हुनेछ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
कार्यक्षेत्रमा मानसम्मान मिल्नेछ। सरकारी वा प्रशासनिक काममा सफलता मिल्ने योग छ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। बुवा वा अभिभावकको सहयोगले लक्ष्यमा पुग्न सजिलो हुनेछ।


प्रतिकृया दिनुहोस्