देशभर आंशिक बदली, गण्डकी र कोशीका उच्च भू–भागमा वर्षा र हिमपात

देशभर आंशिक बदली, गण्डकी र कोशीका उच्च भू–भागमा वर्षा र हिमपात

राष्ट्रिय मौसम पूर्वानुमान
मिति: २०८२ माघ १६ गते (शुक्रबार)

आज दिउँसो देशभर आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो देखिन सक्छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

रातिको समयमा तराईका केही स्थानहरूमा पुनः हुस्सु लाग्ने अनुमान गरिएको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।


प्रादेशिक मौसम पूर्वानुमान

मिति: २०८२ माघ १६ गते (शुक्रबार)

कोशी प्रदेश

दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रही हल्का वर्षाको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा बिहानपख कुहिरो देखिन सक्छ। राति हिमाली क्षेत्रमा साधारणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा आंशिक बदलीसहित हुस्सु लाग्ने अनुमान गरिएको छ।

मधेश प्रदेश

दिउँसो तराई भू–भागमा बिहानपख कुहिरो लाग्ने सम्भावना रहेको छ। रातिको समयमा तराई क्षेत्रमा आंशिक बदली रहने र हुस्सु देखिन सक्ने पूर्वानुमान गरिएको छ।

बागमती प्रदेश

दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई भू–भागमा बिहानपख कुहिरो लाग्न सक्छ। राति हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली कायम रहनेछ। तराई क्षेत्रमा आंशिक बदलीसहित हुस्सुको सम्भावना छ।

गण्डकी प्रदेश

दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा बिहानपख कुहिरो लाग्न सक्छ। राति हिमाली क्षेत्रमा साधारणतया बदली रही हल्का वर्षा तथा हिमपातको सम्भावना कायमै रहनेछ। पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा आंशिक बदलीसहित हुस्सु देखिन सक्छ।

लुम्बिनी प्रदेश

दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा बिहानपख कुहिरो लाग्ने सम्भावना रहेको छ। राति हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली कायम रहनेछ। तराई क्षेत्रमा आंशिक बदली तथा हुस्सु लाग्ने अनुमान गरिएको छ।

कर्णाली प्रदेश

दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। रातिको समयमा हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली कायम रहने पूर्वानुमान गरिएको छ।

सुदूरपश्चिम प्रदेश

दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई भू–भागमा बिहानपख कुहिरो लाग्ने सम्भावना रहेको छ। राति हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली कायम रहनेछ। तराई क्षेत्रमा आंशिक बदलीसहित हुस्सु देखिन सक्ने अनुमान गरिएको छ।