इक्यान केन्द्रीय सदस्य पदमा शिव प्रसाद अर्यालको उम्मेदवारी : भारतीय शैक्षिक गन्तव्यलाई संस्थागत रूपमा जोड्ने दृढ संकल्प
काठमाडौँ।
नेपाल शैक्षिक परामर्श संघ (ECAN) को आगामी कार्यसमितिका लागि शिव प्रसाद अर्याल ले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणागर्नुभएको छ। यही पुस २८ गते सम्पन्न हुन गइरहेको ECAN को केन्द्रीय निर्वाचनमा उहाँ लक्ष्मण पौडेल ‘एन्ड्र्यु’ नेतृत्वको प्यानलबाट सदस्य पदका सशक्त प्रत्यासीका रूपमा मैदानमा उत्रिनुभएको हो।
पछिल्ला दुई दशकदेखि भारतीय अध्ययन गन्तव्यको प्रवर्द्धनमा सक्रिय अर्याल इन्डो वर्ल्ड एजुकेशनल कन्सल्टेन्सी का संस्थापक तथा प्रबन्ध निर्देशक हुनुहुन्छ। उहाँले आफ्नो २० वर्षे व्यावसायिक यात्रामा भारतका विभिन्न शहरमा रहेका ६०० भन्दा बढी शैक्षिक संस्था भ्रमण गरिसकेको अनुभव रहेको बताउनुभएको छ।
नेपालमा भारतलाई अध्ययन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने परामर्शदाताको संख्या अत्यन्त न्यून रहेको उल्लेख गर्दै अर्यालले नजिकको, किफायती र सम्भावनायुक्त गन्तव्यलाई ECAN र नेपाली विद्यार्थीहरूसँग संस्थागत रूपमा जोड्ने उद्देश्यले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको स्पष्ट पार्नुभएको छ।
“अपार सम्भावना हुँदाहुँदै पनि भारतीय अध्ययन गन्तव्यले विभिन्न चुनौती र गलत बुझाइको सामना गर्नुपरेको छ,” अर्यालले भन्नुभयो,
“ECAN भित्र भारतलाई अध्ययन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने कन्सल्टेन्टहरूको संख्या न्यून छ, यही रिक्ततालाई सम्बोधन गर्न मेरो उम्मेदवारी हो।”
विगतमा केही भारतीय विश्वविद्यालय तथा कलेजहरूको अव्यवसायिक अभ्यासका कारण भारतलाई यूके, अष्ट्रेलिया जस्ता देशसरह मुख्यधारको अध्ययन गन्तव्य बनाउन कठिन भएको स्वीकार्दै अर्यालले संस्थागत पहलमार्फत भारतलाई नेपाली विद्यार्थीहरूका लागि सुरक्षित, भरोसायोग्य, सुलभ र किफायती गन्तव्यका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँका अनुसार, ECAN केन्द्रीय समितिमा आफ्नो उपस्थितिले
भारतीय शैक्षिक संस्थाहरूलाई परामर्शदातामाझ प्रमुख गन्तव्यका रूपमा स्थापित गर्नुका साथै अभिभावक र विद्यार्थीका लागि गुणस्तरीय तथा किफायती विकल्पको रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
भारतीय विश्वविद्यालय तथा कलेजहरूलाई पनि यूके, अष्ट्रेलिया लगायतका अन्तर्राष्ट्रिय गन्तव्यसरह व्यावसायिक, पारदर्शी र उत्तरदायी बनाउनु आजको आवश्यकता भएको उल्लेख गर्दै त्यसका लागि सम्पूर्ण ECAN सदस्यहरूको साथ, सहयोग र शुभेच्छा प्राप्त हुनेमा अर्याल आशावादी देखिनुहुन्छ।
भारतीय शैक्षिक संस्थासँगको सहकार्यलाई अझ परिपक्व, व्यवस्थित र व्यवसायिक वातावरणमा रूपान्तरण गर्ने आफ्नो योजनालाई व्यवहारमा उतार्न अर्यालले सम्पूर्ण ECAN सदस्यहरूलाई साथ, सहयोग र अमूल्य मत प्रदान गरी केन्द्रीय सदस्य पदमा विजयी गराइदिनआग्रह गर्नुभएको छ।
अनुभव, स्पष्ट दृष्टिकोण र गन्तव्य विविधीकरणको एजेन्डासहित शिव प्रसाद अर्यालको उम्मेदवारीलाई ECAN भित्र अर्थपूर्ण, समयसापेक्ष र संस्थागत रूपमा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।



प्रतिकृया दिनुहोस्