समानुपातिक सूचीलाई सिद्धान्तभन्दा पहिचान र प्रसिद्धिसँग तुलना गर्नु समसामयिक पीडा हो।

समानुपातिक सूचीलाई सिद्धान्तभन्दा पहिचान र प्रसिद्धिसँग तुलना गर्नु समसामयिक पीडा हो।

अचम्म लाग्छ आजकल
समानुपातिक सूचीमा सिद्धान्त होइन,
पहिचान र प्रसिद्धि गनिएको देख्दा।
राजनीति गर्ने अधिकार सबैलाई छ,
कलाकारदेखि मजदुरसम्म।
तर राजनीति विश्वासको खेती हो,
जहाँ बीउ वर्षौंदेखि सामाजिक कर्मले रोपिएको हुनुपर्छ।
विद्यार्थी जीवनदेखि नेतृत्वमा होमिएका,
निरन्तर समाजसँग पसिना साटेका पात्रहरू छायाँमा,
र अचानक टुप्लुक्क झरेका नामहरू मञ्चको केन्द्रमा
यो न्याय हो कि सुविधा?
योग्यता पर्खाइमा छ,
प्रतिष्ठा सिफारिसमा।
यस्तै चलिरहे
भोलि राजनीति होइन,
सूची व्यवस्थापन मात्र बाँकी रहनेछ।