आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै रहने

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै रहने

अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावरही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीरहनेछ भने बाँकी भागमा मौसम सफा रहने कुरा को जानाकारी जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेकोछ !

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया रही बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदलीभै  बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । बिहीबार बिहान तराईका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।