मौसम समाचार – पुष, २१ गते सोमबार – तराईमा हुस्सु–कुहिरो कायमै, पहाडी भू–भागमा आंशिक बदली

मौसम समाचार – पुष, २१ गते सोमबार – तराईमा हुस्सु–कुहिरो कायमै, पहाडी भू–भागमा आंशिक बदली

मौसम समाचार
२०८२ पुष २१ गते (सोमबार)


आज दिउँसो:
तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम मुख्यतया सफा रहनेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।


आज राति:
तराईका धेरै स्थानमा हुस्सु लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम प्रायः सफा रहनेछ। गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्छ।


स्रोत: मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग