प्रभु बैंकमा ठूलो हलचल : एजीएम निरज लम्साल ‘कामु सीईओ’ नियुक्त — सीईओ शेरचनसहित शीर्ष तीन अधिकारी पक्राउपछि आकस्मिक निर्णय
काठमाडौं ।
प्रभु बैंक लिमिटेडभित्र आइतबार रातिदेखि नै ठूलै हलचल मच्चिएको छ। सीईओ अशोक शेरचनसहित तीनजना उच्च पदस्थ अधिकारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले पक्राउ गरेपछि बैंकले तुरुन्तै आकस्मिक बैठक बोलाएर नेतृत्व परिवर्तन गरेको छ।
उक्त आकस्मिक बैठकमा सहायक महाप्रबन्धक (AGM) निरज लम्साललाई कार्यबाहक प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी देइँदै बैंकको नेतृत्व हातैहात परिवर्तन गरिएको छ।
राति ९ बजे बैठक, रातमै निर्णय
प्रहरी कारबाही सार्वजनिक भएलगत्तै बैंकको सञ्चालक समितिले राति ९ बजे आपतकालीन बैठक बसेर बैंकप्रमुखको जिम्मेवारी लम्साललाई तोकेको हो।
“बैंकका सेवामा कुनै असर पर्दैन” — प्रभु बैंक
बैंकका सूचना अधिकारी रविन्द्र ढकालका अनुसार, यो घटनाले बैंकका कुनै पनि सेवा प्रभावित नहुने स्पष्ट गरिएको छ।
उनले जारी गरेको विज्ञप्तिमार्फत–
-
सबै शाखा
-
डिजिटल तथा अन्य सेवा
-
सुशासन प्रक्रियाहरू
पहिलेकै रूपमा नियमित सञ्चालन भइरहेका बताएका छन्।
“ग्राहक सेवा अब झन् चुस्त–दुरुस्त”
अनपेक्षित परिस्थिति उत्पन्न भए पनि ग्राहकलाई असुविधा नपर्ने गरी तुरुन्तै कदम चालिएको बैंकले जनाएको छ। कामु सीईओ लम्सालले नेतृत्व सम्हालेसँगै समग्र बैंकिङ कामकाज सहज रूपमा अघि बढ्ने बैंकको विश्वास छ।



प्रतिकृया दिनुहोस्