“सम्मान कार्यक्रमको भित्री खेल? कोइरालाको निर्णयले महतो चर्चाको केन्द्रमा”

“सम्मान कार्यक्रमको भित्री खेल? कोइरालाको निर्णयले महतो चर्चाको केन्द्रमा”

काठमाडौँ । बैंकर्स संघको वार्षिक साधारणसभा शनिबार अनपेक्षित मोडमा पुगेको छ। संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीइओ सन्तोष कोइरालाले आफ्नै पूर्व अध्यक्ष डा. उपेन्द्र महतोलाई ‘विशेष सम्मान’ दिलाएपछि बैंकिङ क्षेत्रमा यही विषयले ठूलो छाल ल्याएको छ।

संघले प्रत्येक वर्ष बैंकिङ क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ। तर यसपटक सम्मानित पात्र र प्रस्तावक दुवैबीचको सीधा ‘पूर्व–अधीनस्त–माथिल्लो’ सम्बन्धले हलमै हलचल मच्चिएको सहभागीहरूले बताएका छन्।


प्रस्ताव आएपछि संघका पदाधिकारी मुस्कुराए… तर निर्णय भने कोइरालाकै!

डा. महतोको नाम संघमा प्रस्ताव हुँदा पदाधिकारीहरू ‘असहज मुस्कान’सँगै एक–आपसमा हेराहेरीमा बसेका थिए। तर अन्तिम निर्णय भने अध्यक्ष कोइरालाकै थियो— “सम्मान दिनैपर्छ।”

आजको कार्यक्रममा महतोलाई सम्मान दिइएपछि हल तालीले गुञ्जिएको भए पनि बाहिर भने ‘कुरा’ फरक स्वरमा गुन्जिएको छ।

सामाजिक सञ्चालदेखि बैंकिङ घेरासम्म—“कोइरालाले अध्यक्ष हुँदा जतिबेला सम्मान दिने कुरा आयो, त्यतिबेला नलिएको भए हुन्थ्यो”

एक बाणिज्य बैंकका सीइओले भने—
“डा. महतो बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्व हुन्। तर कोइराला अध्यक्ष हुँदा नै सम्मान लिनु… थोरै असहज भयो।”

कतिपयले त यसलाई ‘हितसम्बन्ध’ को प्रश्न उठाउँदै “अध्यक्ष–पूर्वअध्यक्षको इन–हाउस सम्मान” भनी टिप्पणी गरिरहेका छन्।


अर्को विवाद : प्रहरी हिरासतमा रहेका प्रभु बैंक सीइओको ठाउँमा नयाँ सदस्य नियुक्त!

साधारणसभामा अर्को विषयले पनि ‘स्पार्क’ थप्यो।
प्रभु बैंकका सीइओ शेरचन हाल प्रहरी हिरासतमा छन्। यस्तो संवेदनशील समयमा संघले चलनका नाममा उनको स्थानमा नयाँ सदस्य नियुक्त गरेको भन्दै बैंकरहरूबीच कानेखुसी चर्किएको छ।

अझ रोचक कुरा—
त्यसै शेरचनले छाडेको ठाउँमा सन्तोष कोइराला माछापुच्छ्रे बैंकका सीइओ बनेका थिए।
यसैकारण पनि आजका निर्णयहरुलाई लिएर थप प्रश्न उठेका छन्।


📞 कोइराला सम्पर्कविहीन

विषयमा प्रतिक्रिया लिन खोज्दा अध्यक्ष कोइराला सम्पर्कमा आएका छैनन्।
यता संघभित्र भने दुई निर्णय—

  1. पूर्व अध्यक्षलाई सम्मान

  2. हिरासतमा रहेका सीइओको ठाउँमा नयाँ नियुक्ति
    —दुबैलाई लिएर धेरै बैंकर ‘अफ द रेकर्ड’ असहज देखिएका छन्।