“नेपाल पर्यटन बोर्ड र नेपाल एयरलाइन्सको ऐतिहासिक सहकार्य: नेपाल पर्यटनको अन्तर्राष्ट्रिय प्रचारमा नयाँ युगको शुरूवात!”

“नेपाल पर्यटन बोर्ड र नेपाल एयरलाइन्सको ऐतिहासिक सहकार्य: नेपाल पर्यटनको अन्तर्राष्ट्रिय प्रचारमा नयाँ युगको शुरूवात!”

काठमाडौं, १६ मंसिर – नेपालको पर्यटन उद्योगमा नयाँ समृद्धिको ढोका खोल्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड (एनटीबी)नेपाल वायु सेवा निगम (एनएसी) बीच एक महत्त्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। यस सहकार्यले नेपालका पर्यटन उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा संयुक्त रूपमा प्रवर्द्धन गर्ने एउटा रणनीतिक कदमको रूपमा मानिएको छ।

समझदारीपत्र अनुसार, दुवै संस्थाले विश्वभरका पर्यटन मेलाहरू, डिजिटल क्याम्पेनहरू, फ्याम ट्रिप, संयुक्त प्रचारप्रसारमेगा इभेन्ट जस्ता कार्यक्रमहरूमा समन्वय गरेर नेपालको पर्यटन ब्रान्डलाई उच्चतम स्तरमा प्रवर्द्धन गर्नेछन्। यसका साथै, नेपाल एयरलाइन्स लाई प्रमुख पर्यटन कार्यक्रमहरूमा निःशुल्क सहभागी गराउने र प्रवर्द्धन सामग्री सहित किफायती टिकट सुविधा उपलब्ध गराउने निर्णय गरिएको छ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले यो सहकार्यलाई नेपालको अन्तर्राष्ट्रिय छवि र बजार पहुँचविस्तार गर्नका लागि ऐतिहासिक कदमको रूपमा व्याख्या गरेका छन्। उनले भने, “नेपाल एयरलाइन्स हाम्रो राष्ट्रिय गौरव हो र पर्यटन यसको मूल चालक शक्ति हो। यो रणनीतिक साझेदारीले नेपाली ब्रान्डलाई विश्वभर उच्चतम प्रचार र प्रवर्द्धन गर्न टेवा पुग्नेछ। विमानस्थलदेखि गन्तव्यसम्मको एकीकृत प्रवर्द्धनले नेपालको पहिचान थप स्पष्ट र प्रभावकारी बनाउनेछ।”

यस सहकार्यका माध्यमबाट, नेपाल पर्यटन बोर्डनेपाल एयरलाइन्स दुवैले पर्यटन प्रमोशनका लागि सामूहिक रूपमा काम गर्नेछन्, जसमा प्रभावशाली व्यक्तित्व, पत्रकार, ब्लगर, टुर अपरेटर्स र सेलिब्रिटीहरूको फ्याम ट्रिपहरू पनि सामेल हुनेछन्।

समझदारीपत्रमा उल्लेख गरिएको अन्य प्रमुख बुँदाहरूमा:

  • नेपाल एयरलाइन्स ले १०० किलोसम्म प्रवर्द्धन सामग्री निःशुल्क लैजान दिनेछ।

  • संयुक्त कार्यक्रमका लागि उपहार टिकट उपलब्ध गराउने।

  • डिजिटल विज्ञापन, प्रमोशन भिडियो, संयुक्त ब्रान्डिङहोर्डिङ बोर्ड उत्पादनमा सहकार्य गर्ने।

  • सांस्कृतिक विविधता झल्किने सामग्रीहरूको निर्माण र संयुक्त उपस्थिति जनाउने सहमति समेत रहेको छ।

नेपालभित्र विदेशी कलाकार, फिल्म उत्पादक, खेलाडीसेलिब्रिटीहरू सहभागी हुने मेगा इभेन्टहरूको सहकार्यमा पनि नेपाल एयरलाइन्ससहुलियत टिकट उपलब्ध गराउने छ। यस सहकार्यले नेपालको पर्यटन प्रवर्द्धनलाई गति र समन्वय प्रदान गर्दै प्रभावकारी बनाउने विश्वास गरिएको छ।

दुवै संस्थाले छ महिनामा एकपटक संयुक्त प्रतिवेदन तयार गरी कार्यक्रमहरूको प्रभावकारिता मूल्यांकन गर्ने छन्। यस सहकार्यले नेपालको पर्यटन क्षेत्रको संरचनालाई थप गतिशील र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।

नेपालको पर्यटन क्षेत्रका लागि यो एक ऐतिहासिक मोडको संकेत हो, जहाँ नेपाल पर्यटन बोर्डनेपाल एयरलाइन्स बीचको सहकार्यले नेपालको पर्यटन ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याउनेछ।