विदेश जान चाहने नेपाली श्रमिकका लागि ठूलो खुशखबर! नेपाल वायुसेवा निगमको धामाकेदार १०% छुट योजनासहित नयाँ भाडादर लागू

विदेश जान चाहने नेपाली श्रमिकका लागि ठूलो खुशखबर! नेपाल वायुसेवा निगमको धामाकेदार १०% छुट योजनासहित नयाँ भाडादर लागू

१२ मंसिर २०८२, शुक्रबार — काठमाडौं
नेपाली श्रमिक यात्रुहरूका लागि आज एक सुखद खबर सार्वजनिक भएको छ। नेपाल वायुसेवा निगम (Nepal Airlines) ले काठमाडौंबाट दमाम, दोहा, दुबई र क्वालालाम्पुर गन्तव्यतर्फ जाने श्रमिकका लागि विशेष छुटसहितको नयाँ भाडादर योजना लागू गरेको घोषणा गरेको छ।

अब हरेक उडानमा १०% विशेष छुट!
विदेशमा रोजगारीका लागि जाने नेपालीहरूको सहुलियतलाई केन्द्रमा राखेर निगमले प्रत्येक उडानमा १० वटा सिटमा १०% छुट दिने निर्णय गरेको हो।
यसले हजारौं श्रमिकलाई सीधा आर्थिक राहत मात्र होइन, नेपाल एयरलाइन्सप्रतिको विश्वास र पहुँच पनि झनै बढ्ने अपेक्षा गरिएको छ।

कसरी पाउने छुट?
निगमका अनुसार आवश्यक कागजातसहित यात्रुले नेपालस्थित नेपाल वायुसेवा निगमका औपचारिक टिकट काउन्टरहरू बाटै यो छुट प्राप्त गर्न सक्छन्।
• वैदेशिक रोजगारसम्बन्धी कागजात
• काउन्टरमा प्रत्यक्ष सेवा
• सीमित सिट—पहिले आउनेलाईपहिले सेवा!

निगमको विश्वास:
“यो निर्णयले वैदेशिक श्रमिक यात्रुहरूलाई थप सुविधा, सहयोग र राहत मिल्नेछ,” — नेपाल वायुसेवा निगम

थप जानकारी:
सीधा सम्पर्क – नेपाल वायुसेवा निगम, केन्द्रीय कार्यालय, कान्तिपथ, काठमाडौं !