नेपाल एयरलाइन्समा नयाँ ऊर्जा ! कार्यकारी निर्देशक श्रेष्ठ र मिडिया ठाँटीका प्रमुख कार्यकारी अधिकृत भट्टबीच सौहार्दपूर्ण भेट
काठमाडौँ, ८ मंसिर २०८२ | ठाँटी खबर
नेपाल एयरलाइन्सका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठ र मिडिया ठाँटी प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (CEO) दामोदर भट्टबीच हालै सौहार्दपूर्ण भेटवार्ता सम्पन्न भयो।
भेटमा भट्टले श्रेष्ठलाई नयाँ दायित्वका लागि हार्दिक बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
छलफलमा नेपाल एयरलाइन्सको संस्थागत सुधार, पारदर्शिता, सेवा विस्तार र आगामी सम्भावनाहरूबारे खुला र सकारात्मक कुराकानी भएको थियो।
प्राथमिकता: इन्जिन फिर्ता र उडान तयारी
श्रेष्ठका अनुसार, इजरायलको IAI मा मर्मतका लागि पठाइएको निगमको इन्जिन पुनः जहाजमा जडान गर्ने र हाल लिजमा लिइएको इन्जिन फिर्ता गर्ने अभियान छिटो, प्रभावकारी र पारदर्शी तरिकाले सञ्चालन गरिने छ। सम्बन्धित विभागहरूलाई कडाइका साथ निर्देशन दिइएको छ।
नयाँ नेतृत्व, नयाँ ऊर्जा
लामो समयदेखि प्राविधिक, व्यवस्थापकीय र आर्थिक चुनौती सामना गर्दै आएको नेपाल एयरलाइन्समा यस नेतृत्व परिवर्तनले नयाँ ऊर्जा, नयाँ दिशा र सुधारको आशा जगाएको देखिन्छ। कर्मचारीदेखि यात्रुसम्म सबैको ध्यान अब श्रेष्ठको रणनीति र आगामी उपलब्धिहरूमा केन्द्रित भएको छ।
मन्त्रिपरिषद्को मंसिर २ गतेको निर्णयअनुसार, श्रेष्ठले २०८२/८/४ मा कार्यकारी निर्देशकको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको थियो।



प्रतिकृया दिनुहोस्