काठमाडौंमा एमाले महासचिव शंकर पोखरेलको ‘सुरक्षा चेतावनी’ : “सुरक्षा निकाय जिम्मेवारीमा असफल, देश अराजकतामा धकेलियो”
काठमाडौं, मंसिर ५ — राजधानीमा आज एमाले महासचिव शंकर पोखरेलको कडा अभिव्यक्तिले तरंग ल्याएको छ। नेपाल निर्माण उद्योग परिषद्को पहिलो राष्ट्रिय भेलामा बोल्दै उनले नेपालको सुरक्षा निकायले “आफ्नो जिम्मेवारी बुझ्नै नसकेको” आरोप लगाउँदै देशमा फैलिएको अराजकताका लागि सीधा सुरक्षा संयन्त्रलाई नै जिम्मेवार ठहराएका छन्।
पोखरेलका अनुसार, “यदि सुरक्षा अङ्गले आफ्नो भूमिका सही ढङ्गले निभाएको भए भदौ २३ र २४ जस्ता घटनाले देशलाई हल्लाउनै सक्दैनथ्यो।” उनले अझ कठोर शैलीमा भने—
“जिम्मेवारी बुझ्न नसक्दा अराजकताले प्रश्रय पायो।”
“षडयन्त्रकारीहरूले नवयुवालाई ढाल बनाए”— पोखरेलको आरोप
महासचिव पोखरेलले भदौ २३–२४ का घटनालाई “नवयुवालाई प्रयोग गरेर राष्ट्र कमजोर बनाउने गम्भीर षडयन्त्र” का रूपमा व्याख्या गरे। उनका अनुसार, जेनजीको नाममा उभिएका केही समूहलाई “विध्वंसमार्फत सत्ता प्राप्त गर्ने लक्ष्य” छ।
त्यसै क्रममा उनले अहिलेको प्रधानमन्त्री तथा मन्त्रीमण्डललाई समेत संविधानले नै “नचिन्ने” दाबी गरे।
“अहिलेको सरकार असंवैधानिक”— पोखरेल
पोखरेलले सरकारप्रति अत्यन्त आक्रामक टिप्पणी गर्दै भने—
“यो सरकार संविधानवादविरुद्ध छ, लोकतन्त्रविरुद्ध छ। त्यसैले लोकतान्त्रिक अभ्यासका हिसाबले यो असंवैधानिक सरकार हो।”
उनले सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएको प्रसङ्ग उठाउँदै संविधानले मानव अधिकार आयोग बाहेक कुनै अन्य पदमा बस्ने अनुमति नदिने प्रष्ट पारे।
“फागुन २१ को निर्वाचन हुँदैन”— कडा दाबी
सुरक्षामा देखिएको कमजोरीका कारण पोखरेलले सरकारले घोषणा गरेको फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन “कुनै हालतमा पनि नहुने” दाबी गरे।
उनले भने—
“प्रहरीकै बन्दुक खोसिएको, जेलका अपराधी बाहिर हिँडिरहँदा कस्तो चुनाव ? सम्भावनै छैन!”
“भोलिको प्रदर्शनले काठमाडौंको भय हटाउनेछ”
महासचिव पोखरेलले भोलि एमालेले गर्ने प्रदर्शनमा जनताको पनि ठूलो समर्थन रहने दाबी गरे।
“काठमाडौंमा फैलिएर राखिएको भय र त्रास हटाउन हाम्रो प्रदर्शन केन्द्रित छ,” उनले स्पष्ट पारिन्।
“एमाले असामान्य परिस्थितिमा विशेष ढंगले अघि बढ्दै”— पोखरेल
पार्टी महाधिवेशनबारे बोल्दै उनले नीतिगत सबै विषय टुंगिएको र अब आउने महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने बताए।
“मुलुक असामान्य अवस्थामा छ। त्यही अनुसार हाम्रो पार्टी पनि विशेष ढंगले अघि बढ्दैछ।”



प्रतिकृया दिनुहोस्