“नेपाल वायुसेवाको मीठो निर्णय: अब डाइभर्ट भए भैरहवा नै पहिलो आश्रयस्थल”
काठमाडौँ, २०८२/०८/०१ — नेपाल वायुसेवा निगम (Nepal Airlines) ले आज सार्वजनिक गरेको नयाँ निर्णय अहिले देशभर हेडलाइन बनेको छ। अब कुनै पनि कारणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) मा अवतरण सम्भव नभए नेपाल वायुसेवाका जहाजहरू भारत होइन, आफ्नै देशको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (GBIA), भैरहवा मा डाइभर्ट हुनेछन्।
यो निर्णय मिति २०८२/०८/०३ देखि औपचारिक रूपमा लागू हुनेछ।
किन भैरहवा?
निगमका प्रवक्ता अनिल घिमिरेका अनुसार, हाल TIA मा मौसम, भीडभाड वा अन्य कारणले अवतरण असम्भव हुँदा जहाज भारतको विमानस्थलमा डाइभर्ट हुँदै आएको थियो। यसले:
-
अत्यधिक खर्च वृद्धि
-
समयको बर्बादी
-
यात्रुहरूमा असहजता
जस्ता समस्याहरू उत्पन्न भइरहेको थियो।
यसै समस्यालाई समाधान गर्न निगमले GBIA लाई ‘Alternative Airport’ घोषित गर्ने ऐतिहासिक निर्णय गरेको हो।
प्रवक्ता घिमिरे भन्छन्—
“गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्दा ठूलो मात्रामा खर्च घट्छ र समयको उल्लेखनीय बचत हुन्छ भन्नेमा हामी विश्वस्त छौँ।”
पोखरा विमानस्थल पनि ‘Alternative’ बन्छ?
यतिमात्र होइन—निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लाई समेत भविष्यमा विकल्पका रूपमा प्रयोग गर्न आवश्यक अध्ययन प्रारम्भ गर्ने निर्णय गरेको छ।
यसले देशका नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरूको उपयोग र विश्वसनीयता बढाउने अपेक्षा गरिएको छ।
यस निर्णयले के बदलिन्छ?
भारतीय विमानस्थलमा निर्भरता कम
घरेलु विमानस्थलहरूको प्रयोग वृद्धि
यात्रु सेवा सहज र छिटो
राष्ट्रिय गर्व र आत्मनिर्भरता बलियो
—प्रवक्ता अनिल घिमिरे, नेपाल वायुसेवा निगम



प्रतिकृया दिनुहोस्