ओलीको घोषणा — ‘प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म UML को आन्दोलन झनै उग्र बन्छ’
भक्तपुर, कात्तिक ३० — नेपाली राजनीति फेरि एकपटक तातेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार आफ्नै निवास गुण्डुमा पत्रकारहरूसँग कुराकानी गर्दै सरकारमाथि कडा प्रहार मात्र गरेनन्, UML को जनआन्दोलन अझै उग्र हुँदै जाने बलियो घोषणा पनि गरे।
ओलीको भनाइले राजनीतिक वृतमै तरंग ल्याएको छ—
“हामीले सुरु गरेको जनप्रदर्शन रोकिन्न। प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म यो झन् फैलिँदै जान्छ।”
अध्यक्ष ओली अहिलेको सरकारले संविधानप्रति कुनै जिम्मेवारी नलिएको, जनप्रतिनिधिप्रति उत्तरदायी नबनेको र अझ कटाक्ष गर्दै “यो सरकार असंवैधानिक र कसैलाई मान्य छैन” भन्दै कडा शब्दमा आलोचना गरे।
उनको दाबी स्पष्ट छ—
“यस्तो सरकार हट्नै पर्छ।”
UML ले सञ्चालन गरिरहेको जनप्रदर्शनका बारेमा उनले पुनः दोहो¥याए—
“प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म हामीको आन्दोलन रोकिन्न। यो अझ शक्तिशाली बन्छ।”
अध्यक्ष ओलीले चुनावका विषयमा पनि सरकारलाई चुनौती दिए—
“एमाले कहिल्यै चुनावबाट भाग्दैन। तर अवैधानिक सरकारलाई देशमा चुनाव गराउने नैतिकता र अधिकार दुवै छैन।”
उनी भन्छन्,
“त्यसैले विघटित प्रतिनिधि सभा तत्काल पुनर्स्थापित हुनुपर्छ।”
ओलीको यो बयानपछि देशको राजनीतिक तापक्रम एकाएक बढेको छ, र UML को आन्दोलन अब अझ व्यापक हुँदै जाने संकेत प्रष्ट देखिएको छ।



प्रतिकृया दिनुहोस्