ब्राउनसुगर र नगदसहित शंकर राजवंशी पक्राउ

ब्राउनसुगर र नगदसहित शंकर राजवंशी पक्राउ

 

काठमाडौं, २५ कात्तिक ।
राजधानी नजिकैको तारकेश्वर नगरपालिका–८, शेषमती लामबगरबाट प्रहरीले ब्राउनसुगर जस्तो देखिने अवैध पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्ति हुन् — झापा मेचीनगर नगरपालिका–१० का ३३ वर्षीय शंकर राजवंशी, जो हाल सोही ठाउँमा डेरा गरी बसेका थिए।
प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनलाई करीब ७ ग्राम ५५० मिलिग्राम ब्राउनसुगर र नगद रु. ७३ हजार सहित गए राति नियन्त्रणमा लिएको हो ।


प्रहरीका अनुसार, राजवंशीलाई लागूऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको छ।