डोटीमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी, ५२ वर्षीय पुरुष पक्राउ

डोटीमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी, ५२ वर्षीय पुरुष पक्राउ

डोटी, कात्तिक २३ — डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ ढार्चुम्मामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको टोलीले ५२ वर्षीय ओम प्रकाश चन्दलाई शनिबार दिउँसो पक्राउ गरेको हो।

प्रहरीका अनुसार बालिकाका अभिभावकले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो। हाल घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रहरीले पीडित बालिकाको स्वास्थ्य परीक्षण तथा मनोवैज्ञानिक सहयोगका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ।

स्थानीयवासीहरूले घटनाप्रति आक्रोश व्यक्त गर्दै पीडितलाई न्याय र दोषीलाई कडा कारबाहीको माग गरेका छन्।