युथ भोलेन्टियर विशेष भेला सम्पन्न : राष्ट्रनिर्माणमा युवाको भूमिका सशक्त बनाउन आह्वान

युथ भोलेन्टियर विशेष भेला सम्पन्न : राष्ट्रनिर्माणमा युवाको भूमिका सशक्त बनाउन आह्वान

भक्तपुर, कात्तिक १६, २०८२ — नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित “युथ भोलेन्टियर विशेष भेला” शनिबार भक्तपुरको गुन्डुमा सम्पन्न भएको छ। भेलामा देशभरबाट आएका सयौं युवा स्वयंसेवकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

कार्यक्रममा पार्टीका केन्द्रीय र प्रदेशस्तरीय नेताहरूले युवालाई राष्ट्रनिर्माण, सामाजिक सेवा र आपत् व्यवस्थापनमा सक्रिय भूमिका खेल्न आह्वान गरेका थिए। उनीहरूले युथ भोलेन्टियर अभियानलाई संगठनको सामाजिक उत्तरदायित्वसँग जोड्दै सेवा, अनुशासन र राष्ट्रिय गौरवका साथ अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

भेलामा सहभागी युवाहरूले देशभक्तिपूर्ण सोच, अनुशासित व्यवहार र समाज परिवर्तनका लागि समर्पित कार्यदिशा अपनाउने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा विभिन्न जनसंगठनका प्रतिनिधिहरू, स्थानीय नेताहरू र जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।