नौमुलेको रेष्टुरेन्टमा ४६ वर्षीय पुरुष मृत अवस्थामा फेला

नौमुलेको रेष्टुरेन्टमा ४६ वर्षीय पुरुष मृत अवस्थामा फेला

काठमाडौं, १२ कात्तिक | अनलाइन डेस्क

राजधानी काठमाडौंमा फेरि एक रहस्यमय घटना!
दक्षिणकाली नगरपालिका–१, नौमुलेस्थित नौमुले कृषि फर्म तथा रेष्टुरेन्टभित्र ४६ वर्षीय बिपिन बस्नेत मृत अवस्थामा फेला परेका छन् ।

बस्नेत कीर्तिपुर नगरपालिका–५, भण्डारीगाउँका बासिन्दा हुन्। बुधबार बिहान रेष्टुरेन्टका कर्मचारीले उनलाई निष्प्राण अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरिएको थियो ।

👮‍♂️ प्रहरी स्रोतका अनुसार:

“घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ। मृत्युको कारण खुल्न बाँकी छ।”