प्रधानमन्त्री कार्कीको राजनीतिक दलसँग संवाद सुरु!

प्रधानमन्त्री कार्कीको राजनीतिक दलसँग संवाद सुरु!

बालुवाटारमा ९ दल र २ पर्यवेक्षकसहित ठूलो बैठक, देशको भविष्यमा नयाँ मोड आउँदैछ!

काठमाडौँ — ठाँटी खबर || आज २०८२ कात्तिक ५ गते, प्रधानमन्त्री सुशीला कार्कीको अगुवाइमा राजनीतिक दलहरूसँगको संवाद बालुवाटारस्थित प्रधानमन्त्री निवासमा औपचारिक रूपमा सुरु भएको छ।


🏛️ सहभागी दल र नेताहरू:

  • नेपाली कांग्रेस: महामन्त्री गगन थापा, प्रवक्ता डा. प्रकाशशरण महत

  • नेकपा (एमाले): महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली

  • नेकपा (माओवादी केन्द्र): वर्षमान पुन, पम्फा भुसाल

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा): डा. स्वर्णिम वाग्ले, सोविता गौतम

  • नेकपा (एकीकृत समाजवादी): राजेन्द्र पाण्डे, प्रकाश ज्वाला

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा): राजेन्द्र गुरुङ, मोहन श्रेष्ठ

  • जनता समाजवादी पार्टी (जसपा): उपेन्द्र यादव, प्रकाश अधिकारी

  • लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा): सर्वेन्द्रनाथ शुक्ल

  • नागरिक उन्मुक्ति पार्टी (नाउपा): रेशम चौधरी

  • नेपाल मजदुर किसान पार्टी: प्रेम सुवाल

  • जनमत पार्टी: चन्दन सिंह


⚡ सरकार र पर्यवेक्षक टोली:

प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल उपस्थित छन्।
पर्यवेक्षकहरू: केदारभक्त माथेमा र विद्याधर मल्लिक।


💬 प्रधानमन्त्री कार्कीको दृढ अभिव्यक्ति:

जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ।
यो संवादले राजनीतिक स्थिरता र समावेशी सरकारको बाटो खोल्ने आशा गरिएको छ।

💬 तपाईंको विचार के छ? कमेन्टमा लेख्नुहोस् र शेयर गर्न नबिर्सनुहोला!