शोकमा डुब्यो देश: पाँच बालबालिकाको डुबेर मृत्यु, परिवारमा छायो वेदना
काठमाडौं, १ कात्तिक — पछिल्ला दिनहरूमा नेपालका विभिन्न स्थानहरूमा डुबेर बालबालिकाको मृत्युले समूचे देशमा शोक र त्रास फैलिएको छ।
रौतहटको यमुनामाई गाउँपालिका-३ राजपुर तुल्सी बस्ने सुरेश साहकी १३ वर्षीया छोरी ईन्द्राशन कुमारी साह झाझखोलामा नुहाउने क्रममा डुबेर उपचारको क्रममा प्रादेशिक अस्पताल गौरमा निधन भएकी छन्।
त्यसैगरी, रौतहटको गरूडा नगरपालिका-५ झाझखोलामा नुहाउने क्रममा १० वर्षीय निरज साह र १० वर्षीय अर्जुन साह डुबेर अशक्त भइ उपचारका क्रममा निधन भएका छन्।
रूपन्देही मर्चवारी गाउँपालिका-६ नौरिहवा घर भएका प्रमोद मौरीयाको ६ वर्षीय दिवान्स मौरीया र ३ वर्षीय रिवान्स मौरीया आरसिएस होटल परिसरमा रहेको माछा पोखरीमा डुबेर उपचारको क्रममा मृत्युवरण गरेका छन्।
धनुषाको जनकनन्दिनी गाउँपालिका-३ महुवा बस्ने राम पुजन दासकी ५ वर्षीया छोरी सालो दास पनि नुहाउने क्रममा डुबेर ज्यान गुमाएकी छन्।
प्रहरीले घटनास्थलमा आवश्यक अनुसन्धान गर्दै परिवारलाई सहयोग पुर्याउन पहल गरिरहेको छ।
सावधानीको सन्देश: यी दुखद घटनाले बच्चाहरूको नुहाउने क्रममा उच्च सतर्कता अपनाउनुपर्ने चेतावनी दिएको छ। अभिभावकहरूले आफ्नो बालबालिकामा निरन्तर नजर राख्न र सुरक्षित स्थानमा मात्र नुहाउन सुझाव दिइएको छ।
प्रतिकृया दिनुहोस्