जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा, २ असोज

२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचनगर नगरपालिका-१३ इलाम रोड बस्ने ४७वर्षीय दिलिप कुमार यादवलाई शुक्रबार राति प्रहरले पक्राउ गरेको छ ।

दिलिपले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाटखटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।