अवैध लागूऔषध सहित चार जना पक्राउ

अवैध लागूऔषध सहित चार जना पक्राउ

काठमाडौं, २५ असोज    

सुनसरी, नरवा नगरपालिका-४ बसपार्क चबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ९७ ग्राम ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीयकृष्ण कुमार मेहतालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१६ जैसपुर बस्ने २०वर्षीय रियासद अन्सारीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

धादिङ, धुनिवेशी नगरपालिका-६ धार्केबाट अवैध लागूऔषध पोल्याण्ड करिब २ किलोग्राम र नगद ४० हजार ४ सय ६५ रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका-८ बाघबैले बस्ने २२ वर्षीय सोनाम तामाङ२६ वर्षीय राज कुमार लोप्चन रहेका छन् । लाका प्रहरी कार्यालय खानिखोलाबाटखटिएको प्रहरीले बा.प्र.०२.०५८ प ८६८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।