करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

काठमाडौं, २४ असोज

रौतहट, वृन्दावन नगरपालिका-३ पिपरा बस्ने ३० वर्षीयशेख अन्ताजुलको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा रहेको कलमा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको चन्द्रपुर प्रालि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका७ कलुवापुर बस्ने १६ वर्षीया प्रतिमा रावलको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा रहेको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएक उनको सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो ।

स सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।