मृत अवस्थामा फेला
काठमाडौं, २३ असोज
रूपन्देही, बुटवल उपमहानगरपालिका–११ हात्तीसुड डेरा गरी बस्ने हाल वतन नखुलेकी २८ वर्षीया प्रिती भण्डारी आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
बर्दिया, मधुवन नगरपालिका-१ तडुवा बस्ने ६० वर्षीयाक्याउली थारू सोही ठाउँस्थित नहरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-७ त्रिवेणी ब्यारेजपुलस्थित प्रतिक्षालयमा भारत पश्चिम चम्पारण बल्मिकीनगर बस्ने ५० वर्षीय अनुपम केडिया बिहीबार मृत अवस्थामा फेला परेका छन ।
बाँके, बैजनाथ गाउँपालिका-६ बस्ने ७० वर्षीया पुट्की बुढा सोही गाउँपालिका-६ गडरहीस्थित तलाउमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
सिन्धुली, दुधौली नगरपालिका-१० कर्था बस्ने ५१ वर्षीयलिल बहादुर सार्की सोही नगरपालिका-१० स्थित कमलाखोलाको दहमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
ताप्लेजुङ, सिदिङ्वा गाउँपालिका-२ सादेवा सिब्रेक बस्ने ७० वर्षीय नर बहादुर दाहाल सोही ठाउँस्थित कोदो बारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।


