अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं, २३ असोज

काठमाडौं, दक्षिणकाली नगरपालिका-बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १५ हजार ट्याब्लेट सहित रौतहट परोहा नगरपालिका-९ पटेल टोल बस्ने १९ वर्षीय अविनाश पटेल समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।लाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ०६१२ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भीमदत्त गरपालिका-११ गडडाचौकीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-२ बस्ने १९वर्षीय पुष्पा जोशी र २२ वर्षीय सुरज रहेका छन् । लागऔषध नियन्त्रण ब्यरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गडडाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

चितवन, माडी नगरपालिका-१ वनकट्टाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९० ट्याब्लेट सहित सोही नगरपालिका-३ रतनी बस्ने २६ वर्षीय सुनिल महतोलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले भरतपुरबाट माडीतर्फ आउँदै गरेको बा .प्र. ०३ ००४ प ४७१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित बाके खजुरा गाउँपालिका-४ बस्ने ४१ वर्षीय उपेन्द्र सिंह पाण्डे सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतको बलेइ गाउँबाट नेपालतर्फ पैदल आउदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली,धनगढी उपमहानगरपालिका२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने २२वर्षीय अविशेक सिजापतिलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, भजनी नगरपलिका३ कुसमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय १० मिलिग्रा सहित घोडाघोडी नगरपालिका-१ नारायणपुर बस्ने २२ वर्षीय लक्ष्म प्रसाद सापकोटा समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरीले कार्यालय भजनी र प्रहरी चौकी जनकपुर कैलालीबाट खटिएको प्रहरीले से.२ प ४०८५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी,कोशी गाउँपालिका- बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ४ सय ट्याब्लेट सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-१० बस्ने २६ वर्षीय सरोज विश्वकर्मा र २१ वर्षीयसनम माझी रहेका छन् । लाका प्रहरी कार्यालय लौकहीबाटखटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।