विभिन्न धनमाल चोरी

काठमाडौं, २२ असोज

काठमाडौं महानगरपालिका-१६ बनस्थली बस्ने लालपुरा रोक्काको घर र सोही घरमा डेरा गरी बस्ने तनहुँ गण्डकीगाउँपालिका-५ घर भएका ३१ वर्षीय तेज बहादुर गुरको कोठाबाट नगद तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब १ लाख ४४ हजार ५ सय रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।