पेस्तोल सहित एक जना पक्राउ

पेस्तोल सहित एक जना पक्राउ

कैलाली, २२ असोज

घोडाघोडी नगरपालिका-१ बेलार बस्ने २३ वर्षीय आकाश शाहीलाई पेस्तोल थान र म्याग्जिन थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनको घर नजिकै रहेको भान्सा घर तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।