मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, २१ असोज

काठमाडौं महानगरपलिका-१२ टेकस्थित टेकु दोभानमासोही महानगरपालिका-१६ म्हैपी बस्ने काभ्रे घर भएकी २२ वर्षीया रितु मगर मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

धादिङ, गल्छी गाउँपालिका-८ गैरीगाउँ बस्ने २८ वर्षीय रोमन तामाङ सोही ठाउँस्थित बारीमा मंलबार मृत अस्थामा फेला परेका छन् ।

झापा, दमक नगरपालिका-५ धनेश्वर चोक बस्ने चन्द्रमान रिमालको छोरा वर्षीय लविस रिमाल आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका-२ सेमरी बस्ने ५७ वर्षीय सुखाडी बिन सोही ठाउँस्थित सडक छेउमा मंगलबार मृत अस्थामा फेला परेका छन् ।

मोरङ, केराबारी गाँउपालिका पाटीगा बस्ने ३४ वर्षीय राम बहादुर लिम्बु घर नजिकै रहेको अम्लिसो घारीमांगलबार मृत अवस्थामा फेला परेका छन् ।

चितवन, भरतपुर महानगरपालिका-१६ फुर्तिचोक बस्ने ५५ वर्षीय गोपाल शर्मा पौडेल सोही महानगरपालिका-१६ सानोगढीस्थित नारायणी नदमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।