करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

काठमाडौं, २१ असोज

कैलाली, जोशीपुर गाउँपालिका- घैलाबौनिया बस्ने ३६वर्षीय मिलन डगौराको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको  छ । घर नजिकै रहेको घैलानालामा बिजुलीको तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

धनुषा, विदेह गरपालिका- दुहबी ब्रम्हस्थान टोल बस्ने ५०वर्षीय हरि पंडितको करेन्ट लागेर गए राति मृत्यु भएको छ ।आफ्नो घरको फलामको गेटमा विद्युत सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।