डुबेर मृत्यु

डुबेर मृत्यु

काठमाडौं, ७ असोज

नवलपरासी पश्‍चिम, पाल्हीनन्दन गाउँपालिका-४ लोहरौली बस्ने ३५ वर्षीय जोगेन्द्र केबटको आफ्नै घरको पानी ट्याङ्कीमा डुबेर सोमबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।

सप्तरी, सुरूङगा नगरपालिका-२ हर्दिया बस्ने सुरेन्द्र चौधरीकी छोरी ७ वर्षीया सुस्तिका चौधरी र केशर चौधरीको छोरी ११ वर्षीया आश्की चौधरीको सोही ठाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर सोमबार साँझ मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।