हत्या गरेको अभियोगमा पक्राउ

हत्या गरेको अभियोगमा पक्राउ

झापा, ७ असोज

बिर्तामोड नगरपालिका-७ खालबाडी बस्ने ३६ वर्षीय फुर्बा तामाङको हत्या गरेको अभियोगमा तामाङकै घरमा डेरा गरी  बस्ने २८ वर्षीय प्रेम कुमार राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रेम कुमारले धारिलो हतियार प्रहार गर्दा फुर्बाकोघटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।