नेपाल भारत व्यापार तथा लगानी प्रवर्द्धनका लागिनिक्की र एसोचेमयुपीबीच सम्झौता

नेपाल भारत व्यापार तथा लगानी प्रवर्द्धनका लागिनिक्की र एसोचेमयुपीबीच सम्झौता

काठमाडौं, असार २३नेपाल भारतबीचकोव्यापार तथा आर्थिक सम्बन्धलाई सुदृढ बनाउनकोलागि नेपाल भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीनिक्की_ भारतको उत्तर प्रदेश तथा उत्तराखण्डराज्यका उद्योग वाणिज्य संघ एसोसिएटेड चेम्बर्सअफ कमर्स एण्ड इन्डस्ट्रि उत्तर प्रदेश, उत्तराखण्डएसोचेमयुपी_ ले सोमबार एक समझदारीपत्रएमओयु_मा हस्ताक्षर गरेका छन्।

 

समझदारीपत्रमा निक्कीका अध्यक्ष सुनिल केसी एसोचेमयूपीका अध्यक्ष डीपी सिंहले हस्ताक्षरगरेका हुन्। यस समझदारीपत्र दुबै चेम्बरबीच व्यापार, कृषि, लगानी तथा सीमापार व्यवसाय प्रवर्द्धनकाक्षेत्रमा सहकार्य संस्थागत गर्ने उद्देश्यले गरिएकोनिक्कलिे जनाएको छ।

 

समझदारीपत्रका अनुसार दुबै संस्थाले व्यापारप्रतिनिधिमण्डल आदानप्रदान, जानकारी साझा गर्ने, संयुक्त प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने जस्तागतिविधि सँगसँगै अगाडि बढाउनेछन्। यसअन्तर्गत दुवैपक्षले एक अर्काको देशमा आयोजना हुने व्यापारिकभ्रमण, लगानी सम्मेलन, मेला तथा प्रदर्शनीमाव्यवसायिक प्रतिनिधिहरूको सहभागिता सुनिश्चितगराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

समझदारीअनुसार, निक्की नेपालमा एसोचेमयूपीकोसाझेदार संस्था हुनेछ भने भारतको उत्तर प्रदेश उत्तराखण्ड राज्यमा एसोचेमयूपीले साझेदारको रुपमाकाम गर्नेछ।

 

सम्झौतापछि निक्की अध्यक्ष सुनिल केसीले भने, “योसाझेदारीले संयुक्त अध्ययन, बजार सर्वेक्षण, परस्पर आर्थिक चासो भएका नयाँ क्षेत्र पहिचान गर्नेउद्देश्यका साथ प्रकाशन आदानप्रदान जस्ता पहलहरूपनि समेट्नेछ।

 

त्यस्तै, एसोचेमयूपीका अध्यक्ष डीपी सिंहले भने, “दुवै पक्षले व्यापार लगानीसँग सम्बन्धित गैर गोप्यविवरण प्रकाशनहरू नियमित रूपमा साझागर्नेछन्।

 

सन् १९९३ मा प्रभाकर राणाको अगुवाइमा स्थापनाभएको निक्की एक द्विपक्षीय, गैर नाफामुखी संस्थाहो, जसले नेपाल भारतबीचको व्यापार, लगानी तथाआर्थिक सहकार्य प्रवर्द्धनमा काम गर्दै आएको छ।यसले ऊर्जा, पर्यटन, पूर्वाधार, उद्योग लगायतकक्षेत्रहरूमा रणनीतिक साझेदारी क्षेत्रगतसहकार्यलाई सहज बनाउँदै आएको छ।

 

यो सम्झौता नेपाल भारतबीचको दीर्घकालीनआर्थिक अन्तरनिर्भरतालाई थप मजबुत बनाउनेऔपचारिक कदमको रुपमा रहेको छ। दुबै संस्थालेसीमापार व्यवसायले भोगिरहेका समस्याहरू समाधानगर्न सम्भावनायुक्त क्षेत्रमा सहकार्य गर्न प्रतिबद्धताजनाएको पनि निक्कीको भनाइ छ।

 

यस सम्झौतासँगै दुबै चेम्बरले द्विपक्षीय व्यापार तथाआर्थिक सम्बन्ध विस्तार गर्न सहकार्य गर्नेछन्, सदस्यहरूले पनि यो अभियानमा सक्रिय सहभागिताजनाउनेछन्,” निक्की अध्यक्ष केसीले बताए।