प्रथम प्रभाकर एसजेबी राणा मेमोरियल लेक्चर सम्पन्न

प्रथम प्रभाकर एसजेबी राणा मेमोरियल लेक्चर सम्पन्न

आज मिति २०८१ साल फागुन २५ गते नेपाल–भारत उद्योग वाणिज्य संघको संस्थापक अध्यक्ष स्वर्गीय प्रभाकर एसजेबी राणाको स्मरण तथा सम्मानमा “प्रथम प्रभाकर एसजेबी राणा मेमोरियल लेक्चरः लिडरशीप, भिजन एण्ड लेगेसी”नामक कार्यक्रमको आयोजना गरेर मनायो ।
संघले संस्था स्थापना भएको ३० बर्ष भएको अवसर पारेर स्वर्गीय राणामा सम्मान तथा स्मरणमा यो कार्यक्रमको आयोजना गरेको हो । संघका अध्यक्ष सुनिल केसीले स्वर्गीय प्रभाकर राणा नेपालको नीजी क्षेत्रबाट एक प्रकारले ईमान्दारितापूर्वक आप्‌mनो कर्तब्य पूरा गरेर स्वच्छ र स्वस्थ रुपमा पनि उद्यम गर्न सम्भब रहेको मान्यता स्थापित गरेर देखाएको र यसरी निस्था पूर्वक गरेको ब्यापार ब्यबसाय पनि कालान्तर सम्म सफलतम रुपमा राष्ट्रिय अर्थतन्त्रमा आप्‌mनो योगदान दिन सक्दछ भन्ने उदाहरण प्रस्तुत गरेकोले पनि उक्त प्रयासको सम्मानमा यो लेक्चर कार्यक्रमको आयोजना गरेको बताउनु भयो । त्यस्तै नेपालको औद्योगिक बिकासका लागि बिदेशी लगानीलाई लिएर नेपालको औद्योगिक बिकासलाई सफलतम रुपमा ब्यबस्थापन गर्न सकिन्छ भनेर उहांकै अगुवाईमा भारतीय कम्पनी आईटीसीलाई नेपालमा ल्याएको, त्यसै गरि नेपालको भारत संगको ब्यापार साझेदारीलाई गति दिन आवश्यक रहेको मनन गरि बिभिन्न ब्यबसायिक प्रतिष्ठानहरुरोजगारी सिर्जना गर्न सकिन्छ भन्ने अर्को मान्यता पनि उहांले स्थापित गरेको र जसको ज्वलन्त उदाहरणको रुपमा सूर्य नेपाल प्रा.लि., भोटेकोशी हाईड्रोपावर कम्पनी, सिप्रदी टे्रडि· प्रा.लि. लगायत अन्य थुपै कम्पनीहरु तथा बिभिन्न संस्थाहरु रहेको बताउनु भयो । यसरी संघको संस्थापकको सम्मानको थालनीले भविश्यमा अझ थप उर्जा प्राप्त हुने उहांले बताउनुभयो ।

संघका निबर्तमान अध्यक्ष श्रीमती सिर्जना राणाले पनि स्वर्गीय राणा नेपालको अग्रणी तथा दूरदर्शी ब्यबसायी रहेको जसले नेपालको पर्यटनको बिकासको लागी आप्‌mनो ठूलो योगदान दिनुभयो । पर्यटनको बिकास र प्रबद्र्धनको लागी सम्पूर्ण होटल तथा ट्राभल क्षेत्रको बिकासको लागी एकजुट बनाउंदै होटल एशोसिएशन नेपाल तथा पाटा नेपाल च्याप्टरको स्थापना गर्नुभयो भन्दै उहांको सम्मानमा आज यो लेक्चर कार्यक्रमले थप उर्जा प्रदान गरेको बताउनुभयो ।

भारतीय दूतावासका डेपुटी चीफ अफ मिशन प्रसन्न श्रीवास्तवाले नेपाल–भारत उद्योग वाणिज्यको बढोतरी गर्न बिगत देखी बर्तमान सम्म नेपाल–भारत उद्योग वाणिज्य संघले निर्वाह गरेको भूमिका अत्यन्त सह्रानीय रहेको बताउंदै नेपाल–भारत सम्बन्धमा बर्तमान समयमा अझ थप उचाईमा पुगेको बिचार ब्यक्त गर्नुभयो । बिगत लामो समय देखी अघि बढ्न नसकिरहेको नेपाल–भारत द्विपक्षीय वाणिज्य सचिव स्तरिय समितिको बैठक हालै सम्पन्न भएको छ भने नेपाल र भारतमा रहेका नागरिकहरुले आ–आप्‌mनो देशमा भुक्तानी पठाउन एसबिआई बैंक मार्फत युनोकार्ड र रुपे एम मार्फत सहज रुपमा भुक्तानी गर्ने ब्यबस्था हुनु जस्ता ब्यबस्थाले दुईदेशबीचको जन–जनबीचको सम्बन्ध सुद्रिढ बनेको बताउंदै आगामी दिनमा यो सम्बन्ध अझ सुदृढ हुंदै जाने बिश्वास ब्यक्त गर्दै संस्थापक अध्यक्ष राणाको सम्मानमा लेक्चर कार्यक्रमको शुरुवात सकारात्मक रहेको बताउनुभयो । साथै उहांले नेपाल–भारत उद्योग वाणिज्य संघले प्रकाशनमा ल्याउंदै गरेको ॅबिजिनेश क्लाईमेट सर्भे फर ईण्डियन कम्पनीज ईन नेपाल’ नामको अनुसन्धानात्मक अध्ययन पुस्तकले भारतीय लगानीकर्ताहरुको लागी नेपालमा लगानीको वातावरणको अवस्था र अवसरका वारेमा बुभ्‌mन उपयुक्त मागदर्शक हुने बिश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वर्गीय प्रभाकर शमशेर जबराका सपुत्र सिद्दार्थ शमशेर ज ब राणाले बुवाको बारेमा बताउंदै भन्नुभयो – हामी आज हाम्रो ब्यबसायहरु आईटीसी, टाटा, भारत पेट्रोलियम तथा अन्य अन्तराष्ट्रिय बिभिन्न ठूला बिदेशी साझेदारहरुसंग गरि रहेका छौं । तरा हामी आवद्ध कुनैपनि ब्यबसायमा बुवाले कहिल्यै तत्कालिन समयमा राजपरिवारसंग रहेको आप्‌्‌mनो सम्बन्ध र निकटतार बिशेष प्रकारको अधिकारको दुरुपयोग गर्ने गरेको वा त्यस्तो गलत लाभ लिने नगरेको बताउनुभयो । बुवाको वारेमा थप जानकारी राख्दै राणाले बुवा प्रभाकर शमशेर ज ब राणाले आप्‌mनो अध्ययन पछि राष्ट्रिय योजना आयोगमा केही समय काम गर्नुभएको तर उक्त काम आप्‌mनो लागी नभएको भनेर छोडेर पछि राष्ट्रसंघमा काम गर्नुभएको थियो भने पछि १९६०को दशकमा सोल्टी होटलको शुरुवात गर्नुभयो भने त्यसमा ओवराय जस्तो प्रख्यात ब्राण्डलाई नेपालको होटल ब्यबस्थापन क्षेत्रमा लिएर आउनुभएको बताउनुभयो । त्यस्तै बुवाले नै नेपालमा अन्तराष्ट्रिय ब्राण्डहरुसंगको साझेदारी र उनीहरुसंगको ब्यबस्थापन सम्झौतालाई ब्यबहारिक बनाएर अधि बढ्न सक्यो भने ब्यबसायलाई स्थापित गर्न सकिन्छ भन्ने मान्यतालाई स्थापित गर्न लागी परेको बताउनुभयो भने उहां नै नेपालका पहिलो उद्यमी हुनुहुन्छ जसले अन्तराष्ट्रिय ब्राण्ड र साझेदारीलाई स्थापित गर्नुका साथै सफल बनाउनु ठूलो योगदान दिनुभयो ।
आज नेपाल–भारत उद्योग वाणिज्य संघले जुन लेक्चर कार्यक्रमको आयोजना गरेर बुवालाई सम्मान गरेको छ त्यसको लागी आभार ब्यक्त गदै आगामी दिनमा सहकार्य गर्न सकिने बताउनुभयो ।

कार्यक्रमका प्रमुख बक्ता रहेको अन्तराष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक डा. कृष्णमुर्थि भेन्कटा सुब्रमन्यनले संघले शुरुवात गरेको प्रथम प्रभाकर एसजेबी राणा मेमोरियल लेक्चरको प्रथम प्रमुख बक्ताको रुपमा आफूलाई आमन्त्रित गरेकोमा खुशी ब्यक्त गर्दै उहांले समाबेशी बिकास कथिन कार्य रहेको तर भारतले पछिल्लो समयमा समाबेशी रुपमा बिकास हासिल गरेको बताउंदै सहि र उच्चतम नैतिकताका साथमा समग्र आर्थिक बिकास गर्न सम्भव रहेको बताउनु भयो । भारत पछिल्लो समय उच्चतम नैतिकताका साथ आर्थिक प्रगति तर्फ बढ्दै गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल–भारत उद्योग वाणिज्य संघले प्रकाशन गरेको बिजनेश क्लाईमेट सर्भे २०२४ नामक पुस्तकको पनि सार्वजनिक गर्यौ ।

कार्यक्रमको अन्त्यमा संघका उपाध्यक्ष एवं सूर्य नेपालका प्रबन्ध निर्देशक रबि रायभरमले उपस्थित सम्पूर्णलाई धन्यबाद ब्यक्त गर्नुभयो ।