कुमारी बैंक लिमिटेडको छब्बीसौँ वार्षिक साधारण सभा सम्पन्न

कुमारी बैंक लिमिटेडको छब्बीसौँ वार्षिक साधारण सभा सम्पन्न

कुमारी बैंक लिमिटेडको छब्बीसौँ वार्षिक साधारण सभा २०८३ साल असोज २८ गते बुधबारका दिन काठमाडौँको सुवर्ण शम्शेर मार्गस्थित सिल्भर ओक ब्याङ्क्वेट एण्ड इभेन्ट्समा सम्पन्न भएको छ । सो सभाबाट सामान्य प्रस्तावको रूपमा पेस गरिएको आ.व. २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित आ.व. २०८२/८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरियो । साथै, उक्त साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीहरूका लागि प्रस्ताव गरिएको कुल २.१०५३% (करसहित) लाभांश पारित गरेको छ ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २९७ शाखा सञ्जाल, २९४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखा रहित बैंकिङ्ग इकाइहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।