तीन जिल्लामा तीन जना मृत अवस्थामा फेला

तीन जिल्लामा तीन जना मृत अवस्थामा फेला

काठमाडौं, १५ असोज। काठमाडौं, दोलखा र रौतहटमा तीन जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

काठमाडौंको तारकेश्वर नगरपालिका–५, मुड्खुमा डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ४५ वर्षीय पाल्देन लामा आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन्।

त्यस्तै, दोलखाको वैतेश्वर गाउँपालिका–१, टुनिबोटे बस्ने ६५ वर्षीय कृष्णबहादुर विक सोही स्थानस्थित सडक छेउको कुलोमा मृत अवस्थामा फेला परेका छन्।

रौतहटको मौलापुर नगरपालिका–५ स्थित भकुवा खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष पनि बिहीबार मृत अवस्थामा फेला परेका छन्।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।