मुम्बईबाट आएका भारतीय नागरिक साढे ४०० ग्राम सुनजस्तो अर्धठोस पदार्थसहित रङ्गेहात पक्राउ!

मुम्बईबाट आएका भारतीय नागरिक साढे ४०० ग्राम सुनजस्तो अर्धठोस पदार्थसहित रङ्गेहात पक्राउ!

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि एकपटक ठूलो मात्रामा अवैध सुन तस्करीको प्रयास पर्दाफास भएको छ। मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौं ओत्रिएका एक भारतीय नागरिकलाई प्रहरीले शङ्कास्पद अवस्थामा सुनजस्तो देखिने पहेंलो अर्धठोस पदार्थसहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ४६ वर्षीय भारतीय नागरिक ASLAM SHOKAT रहेका छन्। उनी इन्डिगो एयरको उडान समाएर मुम्बईबाट सीधा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। विमानस्थल सुरक्षा कार्यालय गौचरबाट खटिएको विशेष सतर्क सुरक्षा टोलीले उनको गतिविधि शङ्कास्पद लागेपछि कडा खानतलासी गरेको थियो।

जाँचका क्रममा उनको साथबाट करिब ४ सय २२ ग्राम ४ सय मिलिग्राम तौल भएको सुन जस्तो देखिने पहेंलो अर्धठोस पदार्थ बरामद गरिएको छ। पछिल्लो समय तस्करीका लागि सुनलाई विभिन्न तरल वा अर्धठोस रासायनिक रूपमा लुकाएर ल्याउने नयाँ-नयाँ शैली अपनाउने क्रममा यो पक्राउले अर्को रहस्य उज्यालो पारेको छ।

सुरक्षा जाँचलगत्तै प्रहरीले पक्राउ परेका अस्लम शोकतलाई थप अनुसन्धान, खानतलासी तथा कडा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर, काठमाडौं जिम्मा लगाइएको छ। यस अवैध धन्दामा अन्यको पनि संलग्नता रहेको हुन सक्ने आशङ्कामा विमानस्थल प्रहरीले अनुसन्धान थप तीव्र बनाएको छ।