नेपाल DOOR: गुणस्तरमा सम्झौता नगर्नेहरूका लागि एउटा भरपर्दो नाम!

नेपाल DOOR: गुणस्तरमा सम्झौता नगर्नेहरूका लागि एउटा भरपर्दो नाम!

काठमाडौँ – पछिल्लो समय नेपाली बजारमा एउटा यस्तो स्वदेशी ब्राण्ड छाएको छ, जसले गुणस्तर र विश्वसनीयतामा विदेशी उत्पादनलाई सिधै टक्कर मात्र दिएको छैन, नेपाली उपभोक्ताको मन समेत जितेको छ । त्यो ब्राण्ड हो– “नेपाल DOOR”

‘Made in Nepal’ को मूल मन्त्रलाई आत्मसात गर्दै, नेपाली स्रोत, साधन र युवा जनशक्तिको प्रयोग गरी उत्पादन गरिएका यी ढोकाहरू आज भोलि हरेक नयाँ घर निर्माणकर्ताको पहिलो रोजाइ बन्न थालेका छन् । विदेशी आयातलाई निरुत्साहित गर्दै आत्मनिर्भर नेपाल निर्माणको अभियानमा यो एउटा ठूलो फड्को मानिएको छ ।

उपभोक्ताहरूका अनुसार, यसको मुख्य कारण अतुलनीय गुणस्तर र स्वदेशी पहिचान नै हो । नेपालको भौगोलिक अवस्था र मौसमलाई ध्यानमा राखेर वैज्ञानिक पद्धतिबाट तयार पारिएका यी ढोकाहरू निकै टिकाउ छन् ।

“नेपाल DOOR” का प्रमुख विशेषताहरू, जसले यसलाई नम्बर १ बनाउँछ:

१. नेपाली सीप र माटो: यो पूर्ण रूपमा नेपालमा बनेको नेपाली ढोका हो, जसमा नेपाली युवाहरूको पसिना र सीप जोडिएको छ ।

२. गुणस्तरिय प्यानल DOOR: अन्तर्राष्ट्रिय स्तरको फिनिसिङ र आकर्षक डिजाइनका प्यानल ढोकाहरू उपलब्ध छन् ।

३. समान सुन्दरता: ढोकाको दुबै तर्फ उस्तै र आकर्षक बुट्टाहरू रहेका छन्, जसले घरको सुन्दरता बढाउँछ ।

४. मजबुत बनावट: यी ढोकाहरू 32mm मोटाई भएका हुन्छन्, जसले थप मजबुती र सुरक्षा प्रदान गर्दछ ।

५. वैज्ञानिक प्रशोधन: ढोका निर्माणमा प्रयोग हुने नेपाली काठलाई ‘सिजनिङ र ट्रिट्मेन्ट’ (वैज्ञानिक पद्धतिबाट सुकाउने र कीरा नलाग्ने बनाउने) गरिएको हुन्छ, जसले काठ खुम्चिने वा बाङ्गिने समस्या पूर्ण रूपमा समाधान गर्दछ ।

६. पानीबाट सुरक्षित: यो पानि (Waterproof) बाट नबिग्रने गरी डिजाइन गरिएको छ, जसले गर्दा भान्सा र बाथरुमका लागि पनि यो उत्तिकै उपयुक्त छ ।

७. १० बर्षको ग्यारेन्टी: गुणस्तरमा यति धेरै विश्वास छ कि, कम्पनीले आफ्ना उत्पादनहरूमा १० बर्ष सम्मको रिप्लेसमेन्ट वारेन्टि (साट्ने सुविधा) प्रदान गर्दछ ।

८. घाम-पानीका लागि विशेष: अत्यधिक घाम र पानी पर्ने ठाउँ (जस्तै छत वा बाहिरी भाग) का लागि विशेष ग्लास फाईबरका मुलढोकाहरूपनि उपलब्ध छन्, जसमा २५ वर्षसम्मको लामो ग्यारेन्टी पाइन्छ ।

देशभर पहुँच र भरपर्दो सेवा

काठमाडौँको चाबहिल, कलंकी र ललितपुरको सातदोबाटोदेखि चितवन, पोखरा, र बुटवल जस्ता प्रमुख शहरहरूमा फैलिएको यसको वितरण सञ्जालले उपभोक्तालाई सहज सेवा पुर्‍याइरहेको छ । अर्डर अनुसारका डिजाइन र साइजमा ढोका उपलब्ध गराउनु र डेलिभरी सेवा दिनु यसको अर्को सबल पक्ष हो ।

“हामी केवल ढोका मात्र बेच्दैनौँ, नेपाली सीप र विश्वासलाई प्रत्येक घरको सुरक्षासँग जोड्छौँ,” नेपाल डोर व्यवस्थापन पक्षले बताएको छ ।

उपलब्ध भेराइटीहरू:

  • मोल्डेड HDF स्किन डोर (भित्रि कोठाहरूका लागि आकर्षक र सस्तो)

  • ग्लास फाइबर डोर (बाथरुम र बाहिरी भागका लागि पूर्ण रूपमा वाटरप्रूफ)

  • टिक काठका ढोकाहरू (क्लासिक, बलियो र प्रिमियम लुक्स)

  • सजावटी र प्लाईउड ढोकाहरू

तपाईं पनि नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुराना ढोका फेर्ने सोचमा हुनुहुन्छ भने, स्वदेशी उत्पादनलाई माया गर्नुहोस् र आत्मनिर्भर नेपाल निर्माणमा सहकार्य गर्नुहोस् ।

थप जानकारी र अर्डरका लागि सिधै सम्पर्क गर्नुहोस्:

📞9761683107-बालाजु काठमाण्डु (Head Showroom)
📞9848673962-चाबहिल काठमाण्डु
📞9840936577-कलंकि काठमाण्डु
📞9761683106 -ललितपुर
📞9766050974-न्युरोड पोखरा
📞9769472303-कालिकानगर बुटवल
📞9845049814-रिजालचोक चितवन
“नेपाली खोजौँ, नेपाल डोर रोजौँ !”