युवा नेतृत्वमा नयाँ कदम: राज कार्की मिडिया ठाँटीको प्रमोटर डाइरेक्टर

युवा नेतृत्वमा नयाँ कदम: राज कार्की मिडिया ठाँटीको प्रमोटर डाइरेक्टर

१७ चैत २०८२, काठमाडौँ – मिडिया ठाँटी प्रा. लि. ले औपचारिक रूपमा श्री राज कार्की लाई संस्थाको प्रवर्द्धक निर्देशक (Promoter Director) को रूपमा स्वागत गरेको छ। कार्की सुट मालाका संचालक साथै परम्परागत सिपमा आधारित युवा सञ्जाल (राष्ट्रिय युवा परिषद्)का अध्यक्ष समेत हुनुहुन्छ।

कार्की एक युवा उद्यमी, राष्ट्रप्रेमी अभियन्ता, र परम्परागत बुनाइ तथा सीपलाई आधुनिकतासँग जोड्ने कुशल नेतृत्वको रूपमा परिचित हुनुहुन्छ। उहाँको भिजन र युवाहरूको वृत्ति विकासमा समर्पणले मिडिया ठाँटीको आगामी यात्रा अझ सबल, गतिशील र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ। मिडिया ठाँटी प्रा. लि. ले जारी गरेको वक्तव्यमा भनिएको छ: “तपाईंको कार्यकुशलता र नेतृत्वमा हाम्रो परिवारले समाजमा अझ प्रभावकारी भूमिका खेल्नेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ। नयाँ जिम्मेवारीका साथै ऐतिहासिक कार्यकालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।”

कार्कीको नेतृत्वले मिडिया ठाँटीलाई युवा सशक्तिकरण, सामाजिक उत्तरदायित्व र डिजिटल सञ्जालमा अग्रणी भूमिका खेल्ने दिशामा पुर्‍याउने अपेक्षा गरिएको छ।