क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी : तीन जना पक्राउ
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु बाट खटिएको प्रहरी टोलीले पीडितको उजुरीका आधारमा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा:
• कमला देवी सुनुवार (उमेर ४९) – चितवन, भरतपुर घर भई हाल काठमाडौँ–१५ बस्ने
• सविना खड्का (उमेर २९) – सिन्धुली, कमलामाई घर भई हाल बुढानिलकण्ठ–४ बस्ने
• अम्बर गुरुङ (उमेर ४१) – दक्षिणकाली घर भई हाल टोखा–११ बस्ने
प्रहरीका अनुसार:
-
कमला देवी सुनुवारले क्रोएशिया पठाइदिन्छु भन्दै दुई जनाबाट चार लाख पचास हजार रुपैयाँ ठगी गरेको आरोप छ।
-
सविना खड्काले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट एक लाख रुपैयाँ लिएको बताइएको छ।
-
अम्बर गुरुङले क्रोएशिया पठाइदिन्छु भन्दै एक जनाबाट पचास हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ।
रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए। प्रहरीले कमला र सविनालाई बुधबार तथा अम्बरलाई बिहीबार काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले वैदेशिक रोजगारीमा जाने क्रममा आधिकारिक प्रक्रिया अपनाउन र अनधिकृत व्यक्तिको प्रलोभनमा नपर्न सर्वसाधारणलाई आग्रह गरेको छ।



प्रतिकृया दिनुहोस्