नेपालको उद्यमशीलतामा नयाँ पथप्रदर्शक: विष्णु प्रसाद ढकालको सिग्मा प्राईम
काठमाडौं – सौरपानी, पोखरीको माटोमा जन्मिएर काठमाडौंमा व्यवसायिक यात्रा सुरु गर्नुभएका शिक्षित र प्रतिबद्ध उद्यमी विष्णु प्रसाद ढकालको नेतृत्वमा रहेको सिग्मा प्राईम ईन्भेस्टमेन्ट प्रा.लि. ले छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
कम्पनीको प्रथम वार्षिक साधारण सभा भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। यस अवसरमा कम्पनीका प्रबन्ध निर्देशक ढकालले जानकारी दिनुभयो कि, “हामीले आफ्नो स्थापना वर्षमै सकारात्मक नतिजा हासिल गर्दै मुनाफा आर्जन गर्न सफल भयौं। यो उपलब्धि हाम्रो मेहनत, लगानीकर्ताको विश्वास र सक्षम टोलीको समर्पणको प्रतिफल हो।”
कम्पनीले आगामी दिनहरूमा विभिन्न उद्योग तथा सेवा क्षेत्रमा रणनीतिक लगानी विस्तार गर्ने योजना अघि सारेको छ। यसले युवा उद्यमीहरूका लागि प्रेरणाको स्रोत बन्नुका साथै, देशको व्यवसायिक वातावरणमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।
विशेषगरी, कम्पनीको छोटो समयमै हासिल गरेको सफलताले देखाउँछ कि दूरदृष्टि, परिश्रम र जिम्मेवार व्यवस्थापन मात्र सफल व्यवसायको आधार होइन, समर्पित टोली र नवप्रवर्तनशील सोच पनि उत्तिकै महत्वपूर्ण छ।
यो कदम नेपाली युवा उद्यमीहरूलाई आफ्नो क्षमता र सृजनात्मक सोचमार्फत देशमा सकारात्मक प्रभाव पार्ने प्रेरणा प्रदान गर्दैछ।


प्रतिकृया दिनुहोस्