आई. एम. ई. लाइफलाई अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मान

आई. एम. ई. लाइफलाई अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मान

काठमाडौं, आई. एम. ई. लाइफ इन्स्योरेन्स ले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उत्कृष्टता प्रमाणित गरेको छ। इन्डियन चेम्बर अफ कमर्स द्वारा आयोजित छैठौँ संस्करणको “इमर्जिङ एसिया अवार्ड” मा कम्पनीले तीन विधामा अवार्ड जित्न सफल भयो – उत्कृष्ट ग्राहक–केंद्रित सेवा (The Best Customer Oriented Company), बीमा कभरेजमा उत्कृष्ट रणनीति (Best Strategies for Insurance Coverage), र बीमा नेतृत्वमा महिला (Women in Insurance Leadership)।

स्वतन्त्र र विशेषज्ञ अन्तर्राष्ट्रिय निर्णायकमण्डलले दिएको यस सम्मानले आई. एम. ई. लाइफको ग्राहक–मैत्री सेवा, नवप्रवर्तनकारी रणनीति र सहभागी नेतृत्वको कदर गरेको छ। कम्पनीको उद्देश्य – देशभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने र महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने – यस अवार्डले थप पुष्टि गरेको छ।

कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गर्दै आई. एम. ई. लाइफका प्रमुख कार्यकारी अधिकृत श्री पवन कुमार खड्का प्यानल डिस्कसनमा सहभागी भएका थिए। उनले डिजिटल प्रविधि र एआईको उपयोग, साथै बीमा उद्योगका चुनौती र अवसरमा प्रकाश पार्दै कम्पनीको दृष्टिकोण प्रस्तुत गरेका थिए।