निक्कीको आयोजनमा वाराणसीमा पहिलो पटक नेपाल पर्यटन रोडशो
वाराणसी, ३० जनवरीः नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की) ले ३० जनवरीका दिन वाराणसीमा पहिलो पटक नेपाल पर्यटन रोडशोआयोजना गर्दैछ। यस कार्यक्रमबाट नेपाल र भारतबीचको पर्यटन सहकार्य तथाजनस्तरको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा एक महत्वपूर्णकदमका रूपमा लिइएको छ।
रोडशोमा सहभागी हुन नेपालबाट आएका एक दर्जनभन्दा बढी सदस्यहरूकोप्रतिनिधिमण्डल शुक्रबार वाराणसी पुगेको छ। प्रतिनिधिमण्डलको नेतृत्वनिक्कीकी पूर्व अध्यक्ष (इमिडिएट पास्ट प्रेसिडेन्ट) सिर्जना राणाले गरेकी छिन्।प्रतिनिधिमण्डलमा निक्कीका उपाध्यक्ष कुनाल कयाल, कार्यकारी सदस्यशशिकान्त अग्रवालसहित नेपालका प्रमुख पर्यटन व्यवसायी तथा होटलव्यवसायीहरूको सहभागिता रहेको छ।
यस रोडशोको मुख्य उद्देश्य विशेष गरी पूर्वी उत्तर प्रदेश र आसपासका क्षेत्रकाभारतीय पर्यटकहरू माझ नेपाललाई एक आकर्षक पर्यटन गन्तव्यका रूपमास्थापित गर्नु हो। स्थानीय पर्यटन तथा होटल व्यवसायीसँग प्रत्यक्ष संवादमार्फतनेपालका विविध पर्यटकीय स्थलहरू—तीर्थस्थल तथा आध्यात्मिक पर्यटन, साहसिक पर्यटन, स्वास्थ्य पर्यटन, सांस्कृतिक सम्पदा र आतिथ्य कार्यक्रमहरूप्रस्तुत गरिनेछ।
नेपालसँग गहिरो ऐतिहासिक तथा धार्मिक सम्बन्ध रहेको प्रमुख आध्यात्मिकएवं सांस्कृतिक केन्द्र भएकाले वाराणसीलाई भारतमा निक्कीको पहिलो पर्यटनकेन्द्रित रोडशोका लागि छनोट गरिएको हो। निक्कीका अधिकारीहरूकाअनुसार, वाराणसीको सशक्त आध्यात्मिक पहिचानले यसलाई सीमा पारपर्यटन सहकार्य प्रवर्द्धनका लागि उपयुक्त मञ्च बनाएको छ।
कार्यक्रमको एक प्रमुख आकर्षण “नेपाल र भारतको धार्मिक तथा आध्यात्मिकसर्किट” नामक पुस्तकको विमोचन हुनेछ। जसमा दुबै देशको साझाआध्यात्मिक सम्पदा र तीर्थमार्गहरूलाई उजागर गरिएको छ। पुस्तकमारामायण सर्किट, शिव तथा शक्ति सर्किट, बुद्ध सर्किट तथा सिखसर्किटलगायत विभिन्न आध्यात्मिक मार्गहरूको विवरण समावेश गरिएको छ।
रोडशोमा चौधरी ग्रुपका अध्यक्ष, प्रख्यात उद्योगपति तथा पूर्व सांसद विनोदचौधरीको प्रमुख भाषण (कीनोट एड्रेस) पनि हुनेछ। उहाँ फोर्ब्समा सूचीकृतएकमात्र नेपाली डलर अर्बपति हुनुहुन्छ।
कार्यक्रममा भारतका ८० भन्दा बढी ट्राभल तथा टुरिज्म संस्थासँगै व्यावसायिकजगतका प्रतिनिधिहरूको सहभागिता रहेको छ। यो पहलले दुवै देशका पर्यटनसरोकारवालाबीच बिजनेस–टु–बिजनेस नेटवर्किङ प्रवर्द्धन गर्न, सहकार्यका नयाँअवसर खोज्न तथा आउँदो पर्यटन सिजनमा नेपालमा पर्यटक संख्या वृद्धि गर्नसहयोग पुर्याउने अपेक्षा गरिएको छ।
निक्कीका अध्यक्ष सुनील केसीका अनुसार, अन्य प्रमुख आध्यात्मिक तथाधार्मिक कनेक्टिभिटीसँगै काशी विश्वनाथलाई पशुपतिनाथसँग र सारनाथलाईलुम्बिनीसँग जोड्नु यस रोडशोको प्रमुख उद्देश्य हो। “यो कार्यक्रम नेपाल रभारतको समृद्ध सांस्कृतिक, धार्मिक तथा आध्यात्मिक सम्पदाको प्रवर्द्धनसँगैसीमा पार सहकार्यलाई अझ गहिरो बनाउने हाम्रो साझा प्रतिबद्धता हो,” उनलेभने
वाराणसी रोडशोको आयोजना निक्कीसँगै नेपाल पर्यटन बोर्ड, बुद्ध एयर, तथानयाँ दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा भइरहेको छ।


प्रतिकृया दिनुहोस्