थाइल्यान्डमा नेपाली झण्डा फहरायो: ‘आई.एम. मोडल सर्च’ मा जोसेफ राईलाई शीर्ष उपाधि
काठमाडौँ । थाइल्यान्डमा आयोजित अन्तर्राष्ट्रिय बाल मोडलिङ प्रतियोगिता ‘आई.एम. मोडल सर्च’ मा नेपाली बालक जोसेफ राईले शीर्ष उपाधि जित्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाएका छन्।
जोसेफले जुनियर क्लबतर्फको शीर्ष उपाधि मात्र होइन,
‘द मोस्ट प्रोमिसिङ मोडल’
‘बेस्ट इन कोस्च्युम’
जस्ता महत्वपूर्ण सब–टाइटलहरू समेत हात पार्न सफल भएका छन्।
उनीसँगै प्रतियोगितामा सहभागी नेपाली बालिका मनस्वी बस्नेतले पनि ‘द मोस्ट प्रोमिसिङ मोडल’ को उपाधि जित्दै नेपालको उपस्थितिलाई अझ मजबुत बनाइन्।
जनवरी १३ देखि १८ तारिखसम्म ६ दिनसम्म चलेको यस प्रतियोगितामा १८–२० देशका बालबालिकाहरू सहभागी थिए।
मनस्वी रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित ‘मिलेनियम किड्स इन्टरनेशनल २०२६’ की विजेता हुन् भने जोसेफ ‘किडी फेस अफ द इयर इन्टरनेशनल २०२५’ का विजेता हुन्।
मौलिक संस्कृतिको विश्वमञ्चमा प्रदर्शन
पर्यटन प्रवर्द्धन र मौलिक संस्कृतिलाई विशेष प्राथमिकता दिइएको प्रतियोगितामा
मनस्वीले नेपालको शेर्पा समुदायको भेषभूषा र संस्कृति प्रस्तुत गरिन् भने
जोसेफले राई समुदायको मौलिक पोसाक र पहिचान विश्वसामु प्रदर्शन गर्दै दर्शक र निर्णायकको मन जिते।
यस प्रतियोगितामा बाल मोडलहरूसँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुको समेत सहभागिता रहेको थियो।
नेपाली प्रतिभाले फेरि प्रमाणित गर्यो —
विश्वमञ्चमा नेपाली पहिचान, प्रतिभा र संस्कृति सधैं अब्बल!



प्रतिकृया दिनुहोस्