भरतपुर–७ मा अन्तर–टोल स्तरिय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न

भरतपुर–७ मा अन्तर–टोल स्तरिय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न

भरतपुर ३ माघ । भरतपुर महानगरपालिका, वार्ड न.७ को सहयोग र वार्ड न.७ खेलकुद विकास समितिको आयोजना अन्तर्गत अन्तर–टोल स्तरिय खेलकुद प्रतियोगिता अत्यन्तै उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। प्रतियोगितामा फुटबल, ब्याडमिन्टन, महिला दौड, म्युजिकल चियरलगायतका खेलहरू सञ्चालन गरिएका थिए।

फुटबल प्रतियोगितामा मनकामना टोल प्रथमक्यान्सर जलदेवी टोल विकास संस्था दोस्रो स्थानमा विजयी भएका छन्।

उक्त अवसरमा रास्ट्रिय तथा अन्तरास्ट्रिय खेलहरुमा सहभागी भएका खेलाडीहरु साथै शैक्षिक क्षेत्रमा रास्ट्रिय पुरस्कार प्राप्त ब्यक्तित्व हरु एवं राजनिति दलहरुका सभापतीहरु जो अनरवत रुपमा वडाको विकाश निर्माण र राय सल्लाह सुझावमा सकारात्क सन्देश दिने व्यक्तित्वहरु पनी सम्मानित भएका थिए।

त्यसैगरी, स्थानिय निर्वाचन २०७४ पछि विकास, निर्माण र विभिन्न सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका महत्वपूर्ण व्यक्तित्वहरूलाई पनि सम्मान दिइएको थियो।

प्रतियोगिताले सांस्कृतिक मेलमिलाप, स्वास्थ्य, उत्साह र स्थानीय सामुदायिक भावनालाई प्रोत्साहन गरेको छ। यस प्रकारका कार्यक्रमहरूले समाजमा सकारात्मक ऊर्जा र खेलकुद संस्कार फैलाउने महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

वार्ड न.७–को खेलकुद र विकासप्रतिको प्रतिबद्धता साँच्चिकै प्रेरणादायी छ।